एजेन्सी,१६ चैत्र । म्यानमारको मण्डले क्षेत्रमा एक बहु सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने अन्य २७ जना घाइते भएका छन् ।
बिहीबार दिउँसो ४ः२० बजे मेक्तिला नगरमा दुर्घटना भएको हो । एउटा कारले पहिले साइकललाई ठक्कर दियो र त्यसपछि कपडा कारखानाका कामदारहरू बोकेको अर्को गाडीसँग ठोकिएको सिन्ह्वा समाचार एजेन्सीले जनाएको छ ।
सो क्रममा साइकल चालकको घटनास्थलमै मृत्यु भएको थियो । सवारी साधनका कुल २७ जना घाइते भएका छन्। सोही क्रममा मृतक महिला थिइन् ।