आतंकवादी हमलामा ५ चिनियाँ र एक पाकिस्तानी मारिए | ईमाउण्टेन समाचार

Our Network

असार २५ २०८१, सोमबार

आतंकवादी हमलामा ५ चिनियाँ र एक पाकिस्तानी मारिए

काठमाडौं,१४ चैत्र । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा (केपी) प्रान्तमा मंगलवार भएको आतंकवादी हमलामा पाँच चिनियाँ नागरिक र एक पाकिस्तानीको मृत्यु भएको पाकिस्तानस्थित चिनियाँ दुतावासले पुष्टि गरेको छ ।

आक्रमण दिउँसो १ बजे भएको थियो । प्रान्तमा चिनियाँ कम्पनीले निर्माण गरिरहेको दासु जलविद्युत आयोजनाको गाडीमा आतङ्ककारीहरूले आक्रमण गरेको दुतावासले जनाएको छ । यो घटना प्रान्तको साङ्ला क्षेत्रमा भएको थियो । घटनाको अनुसन्धानका लागि इलाकालाई घेराबन्दी गरिएको छ । घाइतेहरूलाई अस्पताल लगिएको छ ।

दुतावासले पाकिस्तानमा रहेका चिनियाँ नागरिक, संस्था र आयोजनाको सुरक्षाका लागि व्यवहारिक र प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिँदै यस्ता घटना दोहोरिन नदिन पाकिस्तानी पक्षले ध्यानाकर्षण गराएको छ । आक्रमणको अहिलेसम्म कुनै समूहले दाबी गरेको छैन । यस घटनाको देशका राष्ट्रपति आसिफ अली जर्दारीले पनि निन्दा गर्नुभएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);