१७ जेठ, काठमाडौ । काठमाडौं महानगरपालिकाको पहिलो बैठकले स्थानीय स्तरमा नेपाल भाषालाई पनि सरकारी कामकाजको भाषा बनाउने निर्णय गरेको छ । काठमाडौं महानगरपालिकाका मेयर सहित पदाधिकारीहरुले पदभार ग्रहण गरे लगतै बसेको पहिलो बैठकले नेपाल भाषा र नेपाली भाषालाई स्थानीय स्तरको सरकारी कामकाजको भाषा बनाउने निर्णय गरेको हो । यस्तै बैठकले रञ्जना लिपीलाई प्रयोगमा ल्याउने निर्णय समेत गरेको छ । बैठकले ८० वर्ष पुगेका बृद्ध र ७५ वर्षकी बृद्धालाई वार्षिक १२ हजार रुपैयाँ महानगर भत्ता दिने निर्णय पनि गरेको छ भने घरमै पुगेर स्वास्थ्य जाँच गराउने निर्णय समेत लिएको छ । महानगरपालिकाले बिहीबारदेखि नै सफाई अभियान थाल्ने भएको छ । सफाई अभियान गंगालाल अस्पतालबाट सुरु हुने छ । महानगरपालिकाको सेवा पारदर्शी बनाउने निर्णय पनि पहिलो बैठकले गरेको छ । सार्वजनिक स्थललाई निशुल्क वाईफाई जोनका रुपमा स्थापित गर्ने निर्णय महानगरपालिकाको पहिलो बैठकले गरेको छ । भूकम्प पीडितहरुलाई निशुल्क परामर्श दिने काठमाडौं महानगरपालिकाले प्राथमिकतामा राखेको छ
ताजा समाचार
एनपिएलः काठमाण्डुसँग लुम्बिनी १८ रनले पराजित
२ घन्टा अघि
प्रमुख सूचना आयुक्त र आयुक्तहरुद्वारा शपथ ग्रहण
७ घन्टा अघि