महानगरको फोहोर व्यवस्थापनमा सहजीकरण गर्न काठमाडौं, नुवाकोट र धादिङका सांसद सहभागी अनुगमन समिति गठन गर्ने निर्णय | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

महानगरको फोहोर व्यवस्थापनमा सहजीकरण गर्न काठमाडौं, नुवाकोट र धादिङका सांसद सहभागी अनुगमन समिति गठन गर्ने निर्णय

काठमाडौं। काठमाडौं महानगरपालिकाको फोहोर व्यवस्थापनमा सहजीकरण गर्नेगरी सहजीकरण तथा अनुमगन समिति बनाउने निर्णय भएको छ । सहरी विकास मन्त्री मेटमणि चौधरीको समन्वयमा सोमबार बसेको बैठकले समिति गठन गर्ने निर्णय गरेको हो । समितिमा काठमाडौँ, नुवाकोट र धादिङका प्रतिनिधिसभा सदस्यहरू समेत सम्मिलित रहने छन् । समिति गठनबारे जानकारी दिँदै कांग्रेसका महामन्त्री गगनकुमार थापाले सामाजिक सञ्जाल फेसबुकमा अब पुनः समस्या नबल्झियोस् भन्नका लागि निरन्तर सहजीकरण र अनुगमन आवश्यक रहेको बताएका छन् । उनले फोहोर व्यवस्थापनका सन्दर्भमा महानगरपालिकाले गर्नुपर्ने काम निरन्तर गरिरहेको पनि जानकारी दिएका छन् । यसबाहेक संघीय सरकारले गर्नुपर्ने काम तोकिएकै समयमा हुन सकोस् र दीर्घकालीन हल खोज्न उनले आग्रह पनि गरेका छन् ।

समितिले सम्झौता बमोजिमका कामहरू समयमा गर्न तीनै तहका सरकार र निकायहरूसँग समन्वय र सहजीकरण गर्नेछ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);