सबैको साझेदारीमा मात्रै संघीय लोकतान्त्रिक गणतन्त्रले सार्थकता पाउने,उपेन्द्र यादव | ईमाउण्टेन समाचार

Our Network

असार ११ २०८१, सोमबार

सबैको साझेदारीमा मात्रै संघीय लोकतान्त्रिक गणतन्त्रले सार्थकता पाउने,उपेन्द्र यादव

२०८० चैत्र १२ उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले सबैको साझेदारीमा मात्रै संघीय लोकतान्त्रिक गणतन्त्रले सार्थकता पाउने बताउनुभएको छ ।
जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहनुभएका उहाँले सामाजिक न्याय र समानताको अभावमा संघीयता र गणतन्त्र कुनै निश्चित वर्गको खेलौनाको रुपमा मात्रै रहने जिकिर समेत गर्नुभयो ।

सोमवार काठमाडौंमा आयोजित साधना राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण समारोहमा उपप्रधानमन्त्री यादवले पहिचानसहितको समानता, सामाजिक न्याय र सबैको भागेदारी र साझेदारीले नै संघीय लोकतान्त्रिक गणतन्त्रको सार्थकता र महत्व बढाउने स्पष्ट पार्नुभयो ।

उहाँले मुलुकलाई एकतावद्ध बनाएर अघि बढाउन पनि समानता र सामाजिक न्याय हुनुपर्ने भएकाले सो सम्बन्धि बहसलाई अघि बढाउन पनि जरुरी रहेको बताउनु भयो ।

उपप्रधानमन्त्री यादवले राष्ट्रप्रतिको जिम्मेवारी बोध गरेर कलम चलाउन पनि सञ्चारकर्मीहरुलाई आग्रह गर्नुभयो ।

सामाजिक सञ्जालले अराजकता निम्त्याएको उल्लेख गर्दै उहाँले सामाजिक दायित्व र राष्ट्रिय जिम्मेवारीलाई आत्मसात गरेर सञ्चाकर्मीहरुले अघि बढ्नुपर्ने तर्क समेत गर्नुभयो ।
०००

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);