विनोद चौधरीसँग सीआईबीले लियो बयान,पक्राउ पर्लान् त ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

विनोद चौधरीसँग सीआईबीले लियो बयान,पक्राउ पर्लान् त ?

काठमाडौं,८ चैत्र । यसअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी बाँसबारी जग्गा हिनामिना प्रकरणमा सांसद, कांग्रेस केन्द्रीय सदस्य तथा उद्यमी विनोद चौधरीमाथि छानबिन भइरहेको सभामुख देवराज घिमिरेलाई जानकारी गराइसकेको छ ।

सांसद पक्राउ परेमा सभाका अध्यक्षलाई जानकारी दिनुपर्ने संवैधानिक व्यवस्था भए पनि सीआईबीले अनुसन्धान भइरहेको विषयमा नै पत्राचार गरेको हो । संघीय संसदले बुधबार कार्यालय समय सकिने बेला सीआईबीको पत्र प्राप्त भएको बताएको छ । ब्युरोका अनुसन्धान अधिकृत प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले हस्ताक्षर गरेको पत्रमा वादी नेपाल सरकार, प्रतिवादी अजित नारायण सिंह थापासमेत भएको बाँसबारी छाला जुत्ता कारखानाको नाममा दर्ता कायम राखेको १० रोपनी जग्गा गैरकानुनी तवरबाट स्वामित्व हस्तान्तरण गरी ठगी गरेको मुद्दामा च्याम्पियन फुटवेयर लि. का संस्थापक सेयर धनी तथा तत्कालीन सञ्चालक समितिका सदस्य संघीय संसद्का माननीय सदस्य विनोदकुमार चौधरीका सम्बन्धमा यस ब्युरोबाट अनुसन्धान भइरहेको व्यहोरा जानकारी गराएको उल्लेख छ ।

प्रहरीले भने संसद् अधिवेशन चलिरहेकाले सांसदमाथि अनुसन्धान भइरहेको विषयको जानकारी सभामुखलाई दिनुपरेको जनाएको छ । बाँसबारीको ८३ रोपनीमध्ये १० रोपनी जग्गा च्याम्पियन हुँदै चौधरी समूहमा गएपछि बाँकीमध्ये ५२ रोपनी जग्गा २०५२ भदौमा गंगालाल अस्पतालका लागि छुट्याइएको थियो । मेडिकल काउन्सिल, नर्सिङ काउन्सिल, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सम्पर्क कार्यालय र बाँसबारी क्लबले पनि बाँसबारीको जग्गा भोगचलन गरिरहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);