सिंहदरबार परिसरमा डिडिसीको सहुलियत बिक्री केन्द्र स्थापना | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

सिंहदरबार परिसरमा डिडिसीको सहुलियत बिक्री केन्द्र स्थापना

काठमाडौं,७ चैत्र । दुग्ध विकास संस्थान (डिडिसी) ले सिंहदरबारभित्र सहुलियत बिक्री केन्द्र स्थापना गरेको छ । बुधवार सिंहदरबार परिसरमा मुख्यसचिव डा.वैकुण्ठ अर्यालले सहुलियत बिक्री केन्द्रको उद्घाटन गर्नुभएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा.रेवतीरमण पौडेलले विगतका वर्षको भन्दा पछिल्लो ६ महिनामा डिडिसी नाफा गएको बताउनु भयो ।

उहाँले पछिल्लो समय दुग्धजन्य वस्तुहरु बिक्रीमा आएको कमीलाई सिंहदरबारको सहुलियत केन्द्रले थप सहयोग पुग्ने बताउनु भयो । उहाँले डिडिसीले धेरै जनधन्त्व भएका क्षेत्रमा बिक्री केन्द्रहरुलाई अभियानकै रुपमा अगाडि बढाउन आग्रह गर्नुभयो । उहाँले सिंहदरबारमा २ हजार ५ सय भन्दा बढी कर्मचारी भएकाले उनीहरुको सहजताको लागि बिक्री केन्द्र स्थापना गरिएको बताउनु भयो । सचिव पौडेलले डिडिसीको मुख्य उद्देश्य भनेको डिडिसीको उत्पादनलाई उपभोक्ता माझ पु¥याउनु रहेको बताउनु भयो ।

मुख्य सचिव डा.वैकुण्ठ अर्यालले डिडिसीको बिक्री केन्द्र बढ्दै जाँदा उपभोक्तालाई सहजता आउने देखिएको बताउनु भयो । उहाँले सिंहदरबार भित्र डिडिसीको बिक्री केन्द्र हुँदा डिडिसीको उत्पादन प्रयोगमा सहज हुने विश्वास लिएको बताउनु भयो । उहाँले दुग्धजन्य वस्तुहरु बिक्री नभएको विषय सिंहदरबार बिक्री केन्द्रले थप सहज हुने बताउनु भयो ।

उहाँले डिडिसीले काठमाडौंको सिंहदरबारभित्र बिक्री केन्द्र खोलेर भन्दा पनि मुलुकभर बिक्री बिस्तार गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले डिडिसी रिङरोड भन्दा बाहिर गएपछि हराउने गरेकाले बिक्री केन्द्र नपुगेको ठाउँमा पुग्न आग्रह गर्नुभयो । उहाँले डिडिसीले आफ्ना उत्पादनलाई मुलुकभर पु¥याउन सक्नुपर्ने आवश्यकता रहेको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);