काठमाडौं,७ चैत्र । मोरङको बेलबारीमा श्रीमतीको हत्या गरेर आफुले पनि आत्महत्या गरेका छन् । बेलबारी–१ भेडाटोलमा बस्दै आएका बमबहादुर लिम्बुले पत्नीको हत्या गरेर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
उनका छोरा भने भागेर बाच्न सफल भएका छन् ।
लिम्बुले राति १ बजे पत्नी गीतालाई धारिलो हतियार दाउले हानेर हत्या गरेको बुझिएको छ ।
प्रहरीका अनुसार उनको घटनास्थलमै मृत्यु भएको हो । हत्यापछि उनले सोही दाउले आफ्नै घाँटी रेटेर आत्महत्या गरेको देखिएको प्रहरीको भनाइ छ।