केन्द्रमा सत्ता समिकरण फेरिएसँगै मधेशमा एमालेका यादव र गण्डकीमा मनाङे मन्त्री नियुक्त | ईमाउण्टेन समाचार

Our Network

माघ २९ २०८२, बिहीबार

केन्द्रमा सत्ता समिकरण फेरिएसँगै मधेशमा एमालेका यादव र गण्डकीमा मनाङे मन्त्री नियुक्त

काठमाडौं,६ चैत्र । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले मन्त्रिपरिषद् पुनःगठन गनुृभएको छ । केन्द्रमा सत्ता गठबन्धन फेरबदलसँगै मधेशमा नयाँ गठबन्धनको सरकार बनेको हो ।मुख्यमन्त्री यादवले कांग्रेसका मन्त्रीहरुलाई हटाएर एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिनुभएको छ । लगत्तै मन्त्री यादवले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिनु भएको छ ।

गठबन्धनमा एमालेले चार मन्त्रालय पाउने सहमति भएपनि अहिले दलका नेता यादवमात्रै मन्त्री हुनु भएको छ । बाँकी मन्त्रालय मुख्यमन्त्री आफैँले राख्नु भएको छ । अन्य मन्त्रीहरुलाई भने निरन्तरता दिइएको छ । उता गण्डकी प्रदेशमा गण्डकी प्रदेशका स्वतन्त्र सांसद दीपक मनाङेले भौतिक पूर्वाधारमन्त्रीको रुपमा सोमबार नै पद तथा गोपनीयताको शपथ लिनु भएको छ ।

मनाङबाट प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएर सर्वसम्मत निर्वाचित भएका मनाङे नेकपा एकीकृत समाजवादीमा प्रवेश गरे पनि आइतबार मात्रै आफूलाई स्वतन्त्र सांसदको हैसियत प्रदान गर्न प्रदेशसभा संसद् सचिवालयमा निवेदन दिनु भएको थियो । मनाङेलाई सोमबार नै कांग्रेसका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भौतिक पूर्वाधारमन्त्रीमा नियुक्त गर्नु भएको हो ।

Leave a Reply