देशभर आगलागी बढ्दै | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८१, मंगलबार

देशभर आगलागी बढ्दै

काठमाडौं,५ चैत्र । मोरङको पथरी शनिश्चरे १ बुद्धचोकमा रहेको कोशी चिउरा मिलमा आगलागी हुँदा १  करोड ५० लाखको क्षति भएको छ । राति १२ बजे मिलमा आगलागी हुँदा मिलका मेसिनरीसहित त्यहाँ राखिएको अन्न खरानी भएको छ ।

मिलमा आगो सल्केको दुई घण्टापछि मात्र स्थानीयले थाहा पाएका थिए । स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सहयोगमा आगो निभाइएको थियो । मिलमा कोही नबस्ने भएकाले मानवीय क्षति भने भएन । आगो निभाउन पथरी शनिश्चरे, उर्लाबारी, कानेपोखरी र बेलबारी नगरपालिकाको दमकल प्रयोग गरिएको थियो ।

आगलागीको कारणबारे यकिन जानकारी प्राप्त नभएको मोरङ प्रहरीले जनाएको छ । शनिबार मात्र मोरङकै रंगेलीमा आगलागी हुँदा १९ घर जलेका थिए भने २५ परिवार विस्थापित भएका छन् । यसैबिच भोजपुरको हतुवागडी गाउँपालिकामा आगलागीमा परि ३ बालबालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुुसार स्थानीय रमेश कार्कीका ७ वर्षीया छोरी दिप्तिका र ३ वर्षीय छोरा देउनिस तथा केदार कार्कीका ५ वर्षीय छोरा प्रनिशको मृत्यु भएको हो ।

यस्तै भोजपुर नगरपालिका–१२ टक्सारको मालबाँसेमा पनि आगलागी भएको छ । जंगलको डढेलो बस्तीमा पस्दा ६ घर जलेको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);