तीन महिनाभित्र नेतृत्व फेरिएको महसुस गराउन ७७ जिल्लाका सुरक्षा अधिकारीहरूलाई गृहमन्त्रीको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८२, बिहीबार

तीन महिनाभित्र नेतृत्व फेरिएको महसुस गराउन ७७ जिल्लाका सुरक्षा अधिकारीहरूलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं,२ फागुन । गृहमन्त्री रवि लामिछानेले देशभरका जिल्ला सुरक्षा समितिका अधिकारीहरूलाई तीन महिनाभित्र गृहका हरेक सूचक उकास्ने गरी काम गर्न निर्देशन दिनुभएको छ ।

गृह मन्त्रालबाट ७७ जिल्लाकै जिल्ला सुरक्षा समितिका अधिकारीहरूलाई भर्चुअलरूपमा सम्बोधन गर्दै गृहमन्त्री लामिछानले नागरिकले गृह मन्त्रालयको नेतृत्व फेरिएको महसुस गर्ने गरी काम गर्न निर्देशन दिनुभएको हो । अबको ९० दिनमा गृह मन्त्रालयका हरेक सूचक माथि जानुपर्छ भन्दै मन्त्री लामिछानेले नभए गएन भने गम्भीर समीक्षा हुने, काममा आलटाल गर्ने, निर्देशन पालना र लक्ष्य पूरा नगर्नेको मूल्यांकन हुने स्पष्ट गर्नुभयो । तस्करी नियन्त्रण गर्न, सुरक्षा कायम गर्न, प्राकृतिक
स्रोतको दोहन नियन्त्रण गर्न र गुन्डागर्दी नियन्त्रण गर्न कसैको निर्देशन नकुर्न पनि उहाँले निर्देशन दिनु भएको छ ।

गृहमन्त्री लामिछानेले सरुवा–बढुवाका लागि आफूकहाँ नेताहरूलाई नपठाउन पनि भन्नु भएको छ । कार्यक्रममा गृह मन्त्रालयका सचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर, सशस्त्र प्रहरी बलका महानिरीक्षक
राजु अर्याल र राष्ट्रिय अनुसन्धानका अतिरिक्त मुख्य अनुसन्धान निर्देशक ओमप्रकाश जोशीले पनि जिल्ला सुरक्षा समितिका अधिकारीलाई सुरक्षा, सुशासन, सेवा प्रवाह, नागरिक सेवालगायत विषयमा निर्देशन दिइएको छ ।

Leave a Reply