सर्मिला गुरुङ । १७, जेठ, काठमाडौं । विश्व स्वास्थ्य संगठनको आह्वानमा प्रत्येक वर्ष मे ३१ तारिखका दिन विश्व धूम्रपानरहित दिवस मनाइने गरिन्छ । सुर्ति तथा सुर्तिजन्य पदार्थको सेवनमा कमि ल्याउने उद्देश्यका साथ हरेक वर्ष विश्व धुम्रपानरहित दिवस मनाउन थालिएको हो । तर वर्षेनि यसरी धुम्रपानरहित दिवस मनाइहदा पनि अझै विश्वमा ८० लाख भन्दा वढि मानिसहरु सुर्ति तथा सुर्तिजन्य पदार्थको सेवनबाट मुत्यु भैरहेका छन् ।
विगत लामो सयम देखि विश्वमा सुर्ति तथा सुर्तिजन्य पदार्थको सेवनमा कमि ल्याउने उद्देश्यका साथ प्रत्येक वर्ष मे ३१ तारिखका दिन विश्व धुम्रपानरहित दिवस मनाइदै आइरहेका छ । विगतका वर्ष जस्तै यसवर्ष पनि बढो तामझामका साथ विश्व धुम्रपानरहित दिवस मनाइएको छ । तर वर्षेनि यसरी धुम्रपानरहित दिसव मनाइरहदा पनि अझै विश्वमा वर्षेनि ८० लाख भन्दा बढि मानिसहरु सुर्ति तथा सुर्तिजन्य पदार्थको सेवनबाट मुत्यु भैरहेको विश्व स्वास्थ्य संगठनको तथ्याङक छ । त्यस्तै नेपालमा पनि सुर्ति तथा सुर्तिजन्य पदार्थको सेवनबाट वार्षिक २५ हजार मानिस मर्ने आंकलन छ ।
सुर्तीजन्य वस्तु सेवनबाट मानिसलाई असर गर्छ भन्ने जानकारी हुँदाहुँदै पनि मानिसले सुर्तीजन्य पदार्थलाई त्याग्न नसक्नुले वार्षिक ८० लाख मानिसको मृत्यु धूमपानबाटै भइरहेको छ । त्यस्तै पछिल्लो समयमा युवाहरुमा धुम्रपान सेवन फेसनको रुपमा विकसित भैरहेको छ । मानिसमा क्यान्सर, दम, हृदयरोग लगायतका समस्या आउनुका मुख्य कारण नै सुर्ति तथा सुर्तिजन्य पदार्थको सेवन हो । तर अशिक्षा, गरिबि, जनचेतनाको कमिका कारण नेपाल जस्तो विकाशोन्मुख मुलुकमा धुम्रपान सेवनको संख्या अत्याधिक मात्रामा भएको पाइन्छ ।
नेपालको सन्दर्भमा भन्नुपर्दा नेपालको कुल जनसंख्याको १ तिहाई जनसंख्या सुर्ति तथा सुर्तिजन्य पदार्थको लतमा फसिसकेको स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. भिम आचार्य बताउनु हुन्छ । विश्व स्वास्थ्य सङ्गठनले यस्तै अवस्था रहे सन् २०३० सम्ममा यो भन्दा पनि बढि मानिसको मृत्यु हुने अनुमान गरेको छ । यसमध्ये ८० प्रतिशतको मृत्यु विकासोन्मुख मुलुकमा हुने गरेको छ ।