पाकिस्तानको राष्ट्रपतिमा जरदारी विजयी | ईमाउण्टेन समाचार

Our Network

चैत २६ २०८२, शुक्रबार

पाकिस्तानको राष्ट्रपतिमा जरदारी विजयी

एजेन्सी,२७ फागुन । पाकिस्तानको राष्ट्रपति निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार आसिफ अली जर्दारी भारी अग्रताका साथ विजयी हुनुभएको छ । पाकिस्तानको निर्वाचन आयोगले घोषणा गरेको हो । जरदारीले संसद र चार प्रान्तीय सभा लगायत सबै निर्वाचक मण्डलबाट ४११ मत ल्याएर चुनाव जित्नुभएको आयोगले जनाएको छ ।

जर्दारीले सिनेट र नेसनल एसेम्बलीलगायत संसदको दुई सदनको संयुक्त सत्रमा २५५ मत प्राप्त गर्नुभयो । पूर्वीपञ्जाव प्रान्तबाट ४३ मत, उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तबाट आठ, दक्षिणपश्चिम बलुचिस्तान प्रान्तबाट ४७ मत र दक्षिणी सिन्ध प्रान्तबाट ५८ मत प्राप्त भए । जरदारीका प्रतिद्वन्द्वी विपक्षी दलका संयुक्त उम्मेदवार महमूद खान अचकजाईले कुल १८१ मत प्राप्त गर्नुभयो ।

६८ वर्षीय जरदारीले निःवर्तमान राष्ट्रपति आरिफ अल्वीको स्थान लिनुहुनेछ । २००८ देखि २०१३ सम्म देशको ११ औं राष्ट्रपतिको रूपमा सेवा गरेपछि जरदारीको राष्ट्रपतिको रूपमा यो दोस्रो कार्यकाल हुनेछ । जरदारी ८ फेब्रुअरी, २०२४ मा भएको आम निर्वाचनमा राष्ट्रिय सभा सदस्य निर्वाचित हुनुभएको थियो । यद्यपि देशको राष्ट्रपतिको रूपमा शपथ लिनुअघि उहाँले राष्ट्रिय सभाबाट राजीनामा दिनुपर्नेछ ।

 

Leave a Reply