चितवन, १३ माघ । स्तरोन्नतिको क्रममा रहेको चितवनको मुग्लिन–नारायणगढ सडक खण्ड बन्द गरिएको छ ।
सडक खण्ड बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्मका लागि बन्द गरिएको छ । मुग्लिन–नारायणगढ सडक आयोजनाले सडक विस्तारको कामलाई तिब्रता दिन सडक दिउसोको समयमा केही दिन बन्द गरिने बताएको छ । उक्त सडक गत पुस १८ गतेदेखि रातिको समयमा बन्द गरिंदै आएको थियो ।
रातिको समयमा बन्द गरिंदा सडक विस्तारको काममा प्रगति नभएकाले आजदेखि दिउसोको समय बन्द गरिएको आयोजनाले बताएको छ । उक्त सडक खण्डमा हालसम्म ७२ प्रतिशत मात्र काम भएको छ । सडकखण्डको घुमाउने, १६ किलो र चेपाङ डाँडामा भित्तो काट्ने काम बाँकी रहेको र २३ किलोमिटर सडकमा कालोपत्रे गर्न बाँकी रहेकाले कामलाई दु्रत गतिमा अगाडि बढाउन दिउसोको समयमा सवारी आवागमन बन्द गरेको आयोजनाका इन्जिनियर शिव खनालले बताए।