गृहमन्त्री भएर आफ्नो मुद्दाहरु राफसाफ गर्ने रवि लामिछानेको चाहना पूरा हुनेवाला छैन : मेटमणि चौधरी | ईमाउण्टेन समाचार

Our Network

मंसिर १२ २०८१, बुधवार

गृहमन्त्री भएर आफ्नो मुद्दाहरु राफसाफ गर्ने रवि लामिछानेको चाहना पूरा हुनेवाला छैन : मेटमणि चौधरी

काठमाडौं, २७ फागुन । नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले एमाले–माओवादी नेतृत्वको सरकारको आयु एक महिनापनि नरहेको दाबी गरेका छन् । शनिबार एक कार्यक्रममा बोल्दै उनले विकसित राजनीतिक घटनाक्रमबारे दलको धारणा लिनको आयोजना गरेको साक्षात्कार कार्यक्रमलाई सम्बोधनगर्दै उनले यो सरकार बेठीक नियतका साथबनेकाले यसको आयु लामो नरहेको दाबी गरेका हुन् ।

‘यो सरकार बेठीक नियतको साथबनेको छ । यद्यपि मेरो पार्टी पनि सरकारमा सहभागी छ । बेठीक नियतको साथबनेको कारणले यो सरकारसँग अपार चुनौति छ । निकै सानो अवसर छ । यो कुरा म विश्वासका साथ भन्छ, यो सरकार मुस्किलले बढीमा एक महिनाभन्दायसको आयु छैन,’– उनले भने । नेता चौधरीले सरकार निरन्तर रुपमा अगाडि बढिरहेको बेलाप्रधानमन्त्रीपुष्पकमलदाहाल ‘प्रचण्ड’ ले गठबन्धनलाई घात गरेको आरोपवलगाए । प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिकाकारण देशमाअस्थिरतामच्चिएको पनिउनको दाबी छ । नेताचौधरीले प्रधानमन्त्री प्रचण्डको कदमगलत रहेको जिकिर गरे । प्रचण्ड केपीओलीभन्दापनिगलत र अस्थिरसिद्धभएको उनको भनाइ छ । प्रचण्डको नियतमा नै खोट रहेको र यस्तो मनोविज्ञानले बनेको सरकार भत्काउन सक्नुपर्ने उनले बताए । नेताचौधरीले प्रचण्डको जस्तो चिन्तनभएकामानिसहरुलाई मुलुकको राजनीतिको मूलधारबाट सिमान्तकृत गर्नुपर्ने उनको भनाइ छ ।

‘अहिले उहाँको कारणले मुलुकमाअस्थिरतामच्चिने कामभइरहेको छ । उहाँकै कारणले, उहाँबाहेक अरु कोहीहोईन । म हिजोकादिनमा केपीकमरेडप्रति एकखाल्को आलोचनगर्थैं तर केपीओलीभन्दापनि धेरै अस्थिर, गलत मान्छे । आफ्नो कुर्सी फेरिराख्छन्, सत्ता सहकर्मीहरुलाई फेरिराख्छन्, तर आफ्नो कुर्सी जोगाइराख्ने उहाँको प्रवृत्ति छ । उहाँले नेतृत्व गरेको समीकरण अबकुनै हालतमा टिक्दैन । उहाँको नियतमै खोट छ । यो मनोविज्ञानले निर्माण भएको समीकरण भत्काउनै पर्छ,’– नेताचौधरीले भने ।
प्रचण्ड नेतृत्वको सरकारले विश्वासको मतपाएमामुलुकले दुःखपाइराख्ने र प्रचण्डले आफ्नो अनुकूलतामा फेरि अर्को गठबन्धन बनाउने उनको दाबी छ । आफूले संसद्माबोलेको कुरालाई लिएर माओवादीकै सांसदहरुले ‘प्रचण्डका कारण हामीलाई मुख देखाउनपनिलाजलागिरहेको बेलातपाईँले बोलिदिनु भयो, धेरै खुसीलागेको छ’ भनेर टेलिफोन गरेकोसमेत उनले सुनाए ।

अबको सातदिनभित्रमुलुकको राजनीतिककोर्ष नयाँ ढंगले अगाडि बढ्ने उनको दाबी छ । प्रधानमन्त्री प्रचण्डले दुई जना काण्डवाला मानिसहरुलाई लिएर अहिलेको सरकार बनाएको उनको टिप्पणी छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका रवि लामिछानेले गृहमन्त्रीभएर आफूमाथिआइलागेको मुद्दाहरु राफसाफगर्ने मनशाय राखेको उनको दाबी छ । नेताचौधरीले गृहमन्त्री लामिछानेको उक्तचाहना पूरा हुननदिने बताए । ‘उहाँको आफ्नो मनशाय छ– गृहमन्त्रीभएर आफूमाथिआइपरेका मुद्दाहरु राफसाफगर्ने चाहना छ । तर, त्यो राफसाफगर्ने चाहना पुरा हुनेवाला छैन । प्रचण्डभन्दापनिअस्थिर मान्छे घण्टी पार्टी, रवि लामिछाने,’– उनले भने । केपीओलीले प्रचण्डसँग बदलालिनहिसाबकिताब गरेर बसकेको उनको भनाइ छ । नेताचौधरीले ओलीले साँवामात्रै राफसाफमात्रै नभएर ब्याज र हर्जनासमेत असुलगर्न तयार भएर बसेको उनको दाबी छ । साथै, ओलीले प्रचण्डको नेतृत्वमा प्रतिनिधि सभा विघटन गराएर विगतमाआफूले ठीक गरेको थिएँभन्ने भाष्यनिर्माण गर्नसमेत चाहेको उनको दाबी छ ।
उनले आफू वर्तमान सरकार ढाल्न र आफ्नै पार्टी अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउने उनले बताए । यदिअध्यक्ष नेपाल प्रधानमन्त्री नबने प्रचण्डबाहेक जोसुकैलाई पनि प्रधानमन्त्री बनाउन आफूहरु तयार रहेको बताए । साथै, एकीकृत समाजवादीको तर्फबाट प्रधानमन्त्री प्रचण्डले विश्वासको मतनपाउने र जतिसक्यो आफूहरु बिगार्ने खेलमै लाग्ने पनिउनले बताए ।

‘म मेरो ठाउँबाट यो सरकार ढाल्ने काममा लाग्छु । सकभर मेरै पार्टीका अध्यक्षलाई प्रधानमन्त्री बनाउने काममा लाग्छु । यदि भएन भने प्रचण्डबाहेक जोसुकै होस् प्रधानमन्त्री बनाउने,’– उनले भने । जहिले पनि प्रधानमन्त्री बनाउन आफूहरुले त्याग गरेपनि माधव नेपाल विरामी भएर ओच्छानमा सुतिरहेको बेलाथाहै नदिई प्रचण्डले अर्को गठबन्धन बनाएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । साथै, ललितानिवास र माधव नेपालप्रतिकुनै साइनो सम्बन्ध नरहेको उनको दाबी छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);