मजदुर किसानहरु नै देशको बहुमत जनता भएको नेमकिपाका अध्यक्ष बिजुक्छेको भनाई | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८२, मंगलबार

मजदुर किसानहरु नै देशको बहुमत जनता भएको नेमकिपाका अध्यक्ष बिजुक्छेको भनाई

फागुन २५ नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले मजदुर किसानहरु नै देशको बहुमत जनता भएको बताउनुभएको छ
शुक्रवार भक्तपुरको भाजपुखू र जलेश्वर मन्दिरको उद्घाटन कार्यक्रममा अध्यक्ष बिजुक्छेले मजदुर किसानहरु नै देशको बहुमत जनता भएको हो ।

उहाँले पद ठूलो हुँदैमा र मान्छे धनी हुँदैमा सबै राम्रा हुन्छन् भन्नेकुरा सत्य नरहेको उल्लेख गर्नुभयो ।

गल्ती कमजोरीबाट सिकेर आम नागरिकहरुले राम्रो काम गर्नुपर्ने भन्दै अध्यक्ष बिजुक्छेले पुरातात्किव र धार्मिक एवं सांस्कृतिक सम्पदाहरुको संरक्षण र पुनः निर्माणमा राज्यका निकायहरुले चासो नदिएको आरोप लगाउनु भयो ।

उहाँले जनताको स्तरबाटै कम नगरी विकास हुन नसक्ने अवस्था आएको भन्दै नयाँ पुस्ताले प्राचिक इतिहास र कलाको
संरक्षण गर्नुपर्ने आवश्यकता औंल्याउनु भयो । ०००

Leave a Reply