अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा उत्कृष्ट महिला प्रहरी कर्मचारीलाई सम्मान | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा उत्कृष्ट महिला प्रहरी कर्मचारीलाई सम्मान

काठमाडौं,२५ फागुन । नेपाल प्रहरी श्रीमती संघले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा विविध कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा उत्कृष्ट महिला प्रहरी कर्मचारीहरूलाई सम्मान समेत गरेको छ ।

नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुँवरले संघको कार्यालय भृकुटिमण्डपमा बिहीबार आयोजित कार्यक्रमबिच उत्कृष्ट महिला प्रहरी कर्मचारीहरू प्रहरी सहायक हवल्दार सविता कार्की र प्रहरी जवान रविना तामाङलाई प्रशंसापत्र प्रदान गर्नुभयो ।

सो अवसरमा संघकी अध्यक्ष कुँवरले यस कार्यक्रमबाट महिला प्रहरी कर्मचारीहरूलाई सकारात्मक उर्जा प्राप्त हुनुका साथै आफ्नो पेशाप्रति अझ व्यवसायिक, कर्तव्यनिष्ट भई सेवामा लाग्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा संघकी पदाधिकारीहरू, महिला प्रहरी कर्मचारी तथा परिवार, प्रहरी अधिकृत लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);