प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेटमा पश्चिमाञ्चलद्वारा मध्यमाञ्चल पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेटमा पश्चिमाञ्चलद्वारा मध्यमाञ्चल पराजित

१७ जेठ, काठमाडौं । राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेटको बुधबारको खेलमा पश्चिमाञ्चल विकास क्षेत्रले पहिलो जित हात पारेको छ ।

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेटमा पश्चिमाञ्चलद्वारा मध्यमाञ्चल पराजित

१७ जेठ, काठमाडौं । राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेटको बुधबारको खेलमा पश्चिमाञ्चल विकास क्षेत्रले पहिलो जित हात पारेको छ ।

पश्चिमाञ्चलले मध्यमाञ्चल विकास क्षेत्रलाई ९५ रनले पराजित गर्दै पहिलो जित निकालेको हो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा पश्चिमाञ्चलले दिएको २ सय ३ रनको लक्ष्य पछ्याएको मध्यमाञ्चलले ४० ओभर ३ बलमा अलआउट हुदै १ सय ७ रन मात्र बनाउन सक्यो । मध्यमाञ्चलका लागि इशान पाण्डेले २४ तथा किशोर महतो अविजित २० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले उलेख्य रन जोड्न सकेनन् ।

कप्तान शरद भेषवाकरले मात्र ७ रन जोडेको मध्यमाञ्चलको पारीमा आलमले १५ तथा सुमित महर्जनले १० रन जोडे । मध्यमाञ्चललाई सस्तैमा समेट्ने क्रममा पश्चिमाञ्चलका लाल अधिकारी र रोहित कुमारले तीन तीन तथा विपिन खत्रीले दुई विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पश्चिमाञ्चलले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय २ रनको उच्च स्कोर बनाएको थियो । ८७ रनको स्कोर बनाउदा महत्वपूर्ण पाँच विकेट गुमाएको पश्चिमाञ्चलको उच्च स्कोरमा सौरभ खनाल नायक बने । अविजित रहेका सौरभले ७८ रनको अर्धसतकीय पारी खेले ।

५८ बलको सामना गरेका सौरभले ६ छक्का र तीन चौका प्रहार गरेका थिए । पहिलो खेल अन्तर्गत एपीएफ क्लबविरुद्ध उत्कृष्ट पारी खेलेका सौरभको यो लगातार दोस्रो अर्धसतक पनि हो । जितसँगै समूह बि मा रहेको पश्चिमाञ्चलले २ अंक जोडेको छ । यो जितले पहिलो खेलमा एपीएफसँग पराजित पश्चिमाञ्चल सेमिफाइनलमा पुग्ने सम्भावना कायम राखेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);