पशुपति क्षेत्रमा चल्ने सवारी–साधनलाई डाइभर्सन | ईमाउण्टेन समाचार

Our Network

असार १५ २०८१, शुक्रबार

पशुपति क्षेत्रमा चल्ने सवारी–साधनलाई डाइभर्सन

pashupati no entry

काठमाडौं,२५ फागुन । शिवरात्रिको अवसरमा काठमाडौँको पशुपति क्षेत्रमा चल्ने सवारी–साधनलाई ट्राफिक प्रहरीले डाइभर्सन गरेको छ । आवश्यकता अनुसार पशुपति क्षेत्रतर्फ चल्ने सवारीसाधनलाई १२ स्थानबाट डाइभर्सन गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

पुरानो बानेश्वर, सिनामंगल, मैतिदेवी मन्दिर, ज्ञानेश्वर, चावहिल, सिफल चौर र लामापोखरी लगायतका ठाउँबाट पाशुपत क्षेत्रमा सवारी डाइभर्सन गर्नेगरी ट्राफिक प्रहरीले रुट सार्वजनिक गरेको छ ।
पशुपति क्षेत्रमा फागुन २५ मा बिहानैदेखि सामान बोकेका सवारी चलाउन निषेध गरिएको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मालवाहक गाडीहरु बिहानै देखी चल्ने छैनन, यात्रुवाहक सवारीहरु आवश्यकता अनुसार डाइभर्सन गर्र्नेगरी व्यवस्थापन गरिएको छ । सवारी व्यवस्थापन गर्न उपत्यका ट्राफिक प्रहरी कार्यालयले पशुपति क्षेत्रमा ५१३ जना ट्राफिक परिचालन गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);