घेरा हालेर सिध्याउन धेरै पटक कोशिस भए,मैले घेरा तोड्दै आएः प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

असार २१ २०८१, बिहीबार

घेरा हालेर सिध्याउन धेरै पटक कोशिस भए,मैले घेरा तोड्दै आएः प्रचण्ड

काठमाडौं,२२ फागुन । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रतिक्रियावादी शक्तिहरुले आफूलाई विश्वास नगरेको टिप्पणी गर्नुभएको छ । एमालेसँगको नयाँ सत्तासमिकरण गरेलगत्तै सोमवार काठमाडौंमा आयोजित शान्ति प्रक्रिया, गणतन्त्र र आजको राजनीतिक विषयक अन्तरक्रिया कार्यक्रमाम बोल्दै उहाँले काँग्रेसलाई लक्षित गर्दै प्रतिक्रियावादीहरुले आफूलाई अविश्वसनीय भन्ने गरेको बताउनुभएको हो । प्रधानमन्त्री दाहालले आफूलाई प्रतिक्रियावादीहरुले धरै नै अविश्वसनीय भन्ने गरेको उल्लेख गर्दै उनीहरुले उपयोग गर्न खोजे भने म कुनैपनि बेला लात्ताले हानेर निस्कने टिप्पणी गर्नुभयो । आफूलाई प्रतिक्रियावादीहरुका लागि विश्वसनीय हुन नपरेको प्रधानमन्त्री दाहालको भनाई थियो । उहाँले सत्तासमिकरण परिवर्तन भएको आजको दिनलाई निरन्तरतामा क्रमभंगता भएको दिनका रुपमा स्मरण गर्नुपर्ने बताउनु भयो । उहाँले आफू नमरुन्जेलसम्म मुलुकमा उथलपुथल ल्याईरहने जिकिर समेत गर्नुभयो । माओवादी बग्दो नदी भएकाले उसले हरेक समयमा उथलपुथल ल्याउने काम गरिरहने प्रधानमन्त्री दाहालले बताउनु भयो । त्यस अवसरमा उहाँले सबै क्रान्तिकारी शक्तिलाई एकतावद्ध हुन पनि आह्वान गर्नुभयो । शान्ति प्रक्रियाका बाँकि कामलाई पूरा गर्न पनि सबै कम्युनिष्ट क्रान्तिकारीहरु एकतावद्ध हुनुको विकल्प नरहेको प्रधानमन्त्री दाहालको तर्क थियो ।

उहाँले भन्नुभयो, ‘हामी सबैले आजको दिन सबै क्रान्तिकारी एक ठाउँमा हुने आवश्यकता छ । खिइँदै, सक्दै, एक्लो हुँदै अनि फेरी ठूल्ठूला कुरा गरिराख्ने ? यो हुँदैन कमरेड । यस्तो बुद्धिले हुँदैन । यो नहुने बुद्धितिर नलागौं । म कमरेड विप्वललाई विशेष रुपले धन्यवाद दिन चाहन्छु–कमरेड विप्लव उठने वित्तिकै तपाईहरुमा एउटा तरंग शुरु हुन्छ । तपाईहरुलाई पनि धन्यवाद भन्न चाहन्छु । म त म भइगए आज । न मर्दासम्म देशमा उथलपुथल भई नै रहन्छ । मलाई घेरा हालेर सिध्याउन धेरै पटक कोशिसहरु भए प्रतिक्रियावादीबाट । घेरा तोड्दै आएका छौं । तोड्दै जान्छौं । त्यसकारण म साथीहरुलाई भन्न चाहन्छु–ठूला कुरा गर्नु भन्दा हामी सबै क्रान्तिकारी एक ठाउँमा केन्द्रित हुने बाटो खोजौं । त्यो वैज्ञानिक हुन्छ, त्यो क्रान्तिकारी हुन्छ । आज शहीद सप्ताहको अन्तिम दिन, हामी सबैले संकल्प गर्ने दिन पनि हो । ती महान शहीदहरुको सपना पूरा गर्न अगाडि बढ्न अठोट गर्ने दिन पनि हो । हामीले कमरेड दिलबहादुर रम्तेलदेखि जनयुद्धको तमाम हजारौं शहीदहरु साथीहरुले त्यो कुरा भन्न किन अप्ठयारो मान्नुहुन्छ– प्रचण्डकै नेतृत्वमा हजारौंलाई राष्ट्रिय शहीद घोषणा गरियो । धन्यवाद प्रचण्ड भन्न तपाईहरुले के ले रोक्छ ? जनयुद्ध दिवसलाई राष्ट्रिय दिवस भनेर देशले मनाउने काम भयो । धन्यवाद प्रचण्ड भन्न तपाईलाई के ले रोक्छ ? अहिले पनि छुटेको शहीदहरुको बारेमा अझै हामी राष्ट्रिय शहीद घोषणा गर्दैछौं । हामी समाजवादी मोर्चा मात्रै होइन, बृहत्तर कम्युनिष्ट एकताको पहल पनि गर्दैछांैं । आज तपाईहामी सबैको निम्ति खुशीको दिन हो । पीडा पनि हो, ती हजारौ शहीदहरु, घाइते योद्धाहरु, जेलनेल भोगेका हजारौहजारको जिम्मेवारी हाम्रो काँधमा छ । हामी जीवित रहँदासम्म उनीहरुको सपनाप्रति हामी कहीँकतै घात गर्न सक्दैनौं । आज शहीद सप्ताहको अन्तिम दिन नेपालको राजनीतिमा जुन खालको प्रयासहरु छन । प्रतिगमनकारी भन्छौ हामी । प्रतिक्रियावादी, अवसरवादी, विदेशी प्रभुत्ववादी, साम्राज्यवादी जे भने पनि ती सबैको दवाव, घेराबन्दी, जियोपोलिटिक्स, नयाँ भूराजनीतिक परिवर्तन संसारमा भएको छ । मध्यपूर्वमा कुनै पनि बेला ठूलो युद्ध भड्किन सक्ने अवस्था छ । नेपाल जस्तो भूराजनीतिक अवस्थामा छ दुईटा विशाल छिमेकीको बीचमा । हामीले समूचित र वैज्ञानिक परराष्ट्र नीति अवलम्बन गर्न सकेनौं, स्वतन्त्र र असंलग्न हामीले भनेका छौं । र नेपाली जनतासँग हामीले एकाकार गर्न सकेनौं भने नेपाल कुनै पनि बेला अप्ठयारो स्थितिमा जान सक्छ । त्यसकारण पनि हामी सबै जिम्मेवारी हुन जरुरी छ । पहिलापहिला कम्युनिष्टहरुले दुःख पाउनुको एउटा कारण ठोस परिस्थितिको ठोस विश्लेषण गर्न नसक्ने । माक्र्स एङगेल्सका कुरालाई धर्मशास्त्र जस्तो गरेर, मन्त्रजस्तो गरेर पढी राख्ने, घोकी राख्ने, परिस्थिति कहाँ पुग्यो ? थाहा नपाउने । त्यो माक्र्सवाद होइन । त्यसकारण मलाई र मेरो नेतृत्वको आन्दोलनलाई प्राय प्रतिक्रियावादीहरुले भन्ने गर्दछन–धरै नै अविश्वसनीय । कतिखेर कतातिर फर्कन्छ भन्नै नसकिने मान्छे । म त्यस्तो अविश्वसनीय होइन । म नेपालका श्रमिक जनता, नेपालमा महान शहीद बेपत्ता योद्धा र नेपाल राष्ट्रप्रति उनीहरुप्रति इमान्दार हुने कुरामा त म जहिले पनि तयार छु । तर प्रतिक्रियावादीहरुले मलाई उपयोग गर्न खोजे भने म कुनै पनि बेला लात्ताले हानेर निक्लन सक्छु । त्यसकारण उनीहरुको लागि म छैन विश्वसनीय । हुन पनि प¥या छैन । राष्ट्र र जनताको निमित हो । त्यसकारण आजको दिन हरेक दृष्टिले आज क्रमभंगको दिन हुन गएको छ । हामी सबैले मेहनत गरौं । हामी सबैले मेहनत गरौं । एकतावद्ध हुनुको विकल्प छैन । माओले भनेको एकतावद्ध होउ । माक्सवाद अपनाउ, संशोधनवाद होइन भनेर भन्नुभएको छ । हामी सबैले त्यसलाई आत्मासात गर्न जरुरी छ । लेलिनले ठोस परिस्थितिको ठोस विश्लेषण अघि बढन जरुरी छ भनेर भनेको कुरालाई जरुरी छ । मैले भनेको छु–शान्ति प्रक्रियाका बाँकि काम टुंग्याउनेसँगै शहीद वेपत्ता योद्धाहरुलाई सम्मानित गर्ने, परिपूरण दिने, उहाँका परिवारका सदस्यलाई रोजगारी दिने क्रम पनि अगाडि बढ्नेछ । मैले त्यो संकल्प लिइसकेको छु । मलाई लाग्छ–छिट्टै त्यो संकल्प पूरा हुने दिन आउनेछ । शर्त के हो भने हामी सबै एक ठाउँमा हुनैपर्छ । क्रान्तिकारी जति सबै एक ठाउँमा हुनै पर्छ । अरु कुनै उपाय छैन । त्यसकारण यही अपिल गर्छु ।’

प्रधानमन्त्री दाहालले आफूले जनयुद्धका योद्धाहरुको सपना पूरा गर्ने अठोट लिएको पनि दोहो¥याउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);