काठमाडौं,२१ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आकस्मिक पदाधिकारी बैठक बोलाएका छन् ।
देउवा आफ्नै निवास बुढानिलकण्ठमा १० बजेका लागि पदाधिकारी बैठक बोलाएका हुन् ।
सत्ता समिकरण बदलिने सम्भावना बढेपछि देउवाले छलफलका लागि बोलाएका हुनसक्ने बुझिएको छ ।