‘राइट टु प्रोटिन’ दौडको तेस्रो संकरण आगामी चैत १० गते | ईमाउण्टेन समाचार

Our Network

असोज १८ २०८१, शुक्रबार

‘राइट टु प्रोटिन’ दौडको तेस्रो संकरण आगामी चैत १० गते

काठमाडौं,२१ फागुन । ‘राइट टु प्रोटिन’ दौडको तेस्रो संकरण आगामी चैत १० गते हुने भएको छ । नेपाल भेटनरी संघको आयोजनामा उक्त दौड हुन लागेको हो । आईतवार एक कार्यक्रम आयोजना गर्दै आयोजकले तेस्रो संस्करणको बारेमा जानकारी दियो । प्रतियोगितामा खुला हाफ म्याराथन, १० किलोमिटर पुरुष र महिलामा पाँच किलोमिटर दौड हुनेछ ।

साथै कक्षा १२ सम्म विद्यार्थीका लागि पाँच किमी (छात्र) र तीन किमी (छात्रा) र ह्विलचियर दौड समावेश छ । हाफ म्याराथनको विजेताले एक लाख ३३ हजार तीन सय ३३ रुपैयाँ प्राप्त गर्नेछन् । शिर्ष पाँचसम्मका खेलाडीलाई नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ ।

प्रतियोगितामा सहभागिताका लागि इ–सेवामार्फत एक सय रुपैयाँ तिरेर नाम दर्ता गर्न सकिने आयोजकले जनाएको । प्रतियोगितामा करिव सात हजार धावकधाविकाले प्रतिष्पर्धा गर्ने अनुमान छ । गत संस्करणमा महिला पूmलमती राना र पुरुषमा दिनेश अधिकारी च्याम्पियन हुन् । आयोजकका अनुसार प्रतियोगिता नेपाल एथ्लेटिक्स संघको मान्यता तथा प्रविधिक सहयोगमा हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);