प्रधानमन्त्रीलाई सहयोग गर्न वर्षमानको आह्वान | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

प्रधानमन्त्रीलाई सहयोग गर्न वर्षमानको आह्वान

काठमाडौं,२० फागुन । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले पालको आवश्यकता, नेपाली जनताको आकांक्षाअनुसार विकास हुन नसकेको बताउनुभएको छ । प्रथम शहीद स्मृति वागमती प्रदेश रनिङ शिल्ड भलिबल प्रतियोगिता तथा शहीद बेपत्ता परिवार सम्मान कार्यक्रमलाई शनिवार काठमाडौंमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले गणतन्त्रको पछिल्लो १५ वर्षमा अझ तिब्रताका साथ विकास भएको दाबी गर्नुभयो । उदाहरण प्रश्तुत गर्दै उपमहासचिव पुनले पञ्चायत कालमा साढे ७ हजार बाटो बनेकोमा पछिल्लो बहुदलको संसदीय समयमा १८ हजार किलोमिटर पुगेको र अहिले १ लाख किलोमिटर बाटो पुगेको दाबी गर्नुभयो । उहाँले गणतन्त्रमा पूर्वाधार, शिक्षा, स्वास्थ्यमा तिब्र विकास भएको बताउनु भयो । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहालले सुशासन, समृद्धि र सामाजिक क्षेत्रमा तिब्र रुपले देशको विकास गर्ने संकल्प गर्नुभएको भन्दै युवाहरुले काम गर्ने हुटहुटी भएको प्रधानमन्त्रीलाई सहयोग गर्नुपर्ने अवस्था आएको बताउनु भयो । उहाँले सबै प्रकारका बेथिति र विकृतिको संघर्षमा सरकार र प्रधानमन्त्रीलाई सहयोग आह्वान समेत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘खासगरी आज युवाहरुले देशको भविष्यको बारेमा, राष्ट्रियताको बारेमा, राष्ट्रिय स्वाधिनताको बारेमा त्यसैगरी समग्र नेपाली समाजको प्रगति र अग्रगतिको सन्दर्भमा चिन्ता व्यक्त गर्नुभएको हामीले सार्वजनिक रुपा सुन्ने गरेका छौँ । देशमा भविष्य छ की छैन, देश बन्छ की बन्दैन ? हाम्रो देश नेपाल समृद्ध हुन्छ की हुँदैन ? यही प्रश्न युवाहरुको मनमा छ । म यहाँहरुलाई के भन्छु भने ३० वर्षको पञ्चायत र १५ वर्षको राजतन्त्रात्मक संसदीय व्यवस्था हे¥यौँ । त्यस यताको १५ देखि १६ वर्ष हेर्ने हो भने तुलनात्मक रुपमा आँकडामा हेर्दा शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, खेलकुद सबै क्षेत्रमा तिब्र विकास भएको छ । गणतन्त्रको पछिल्लो १५ वर्षमा अझ तिब्रतामा विकास भएको छ । एउटै उदाहरणः पञ्चायत कालमा साढे ७ हजार बाटो बनेको थियो, पछिल्लो बहुदलको संसदीय समयमा १८ हजार किलोमिटर पुग्यो । अहिले १ लाख किलोमिटर बाटो पुगेको छ । अरु पूर्वाधार, शिक्षा, स्वास्थ्यमा तिब्र विकास भएको छ । तर नेपालको आवश्यकता, नेपाली जनताको आकांक्षाअनुसार विकास भएको छैन । आज प्रधानमन्त्रीज्युले सुशासन, समृद्धि र सामाजिक क्षेत्रमा तिब्र रुपले देशको विकास गर्ने संकल्प गर्नुभएको छ । काम गर्ने कोशिस गर्नुभएको छ । तपाईं युवाहरुले काम गर्ने हुटहुटी भएको प्रधानमन्त्रीलाई काम गर्ने संकल्प भएको प्रधानमन्त्रीलाई सहयोग गर्नुपर्ने अवस्था आएको छ । सबै प्रकारका बेथिति र विकृतिको संघर्षमा सरकार र प्रधानमन्त्रीलाई सहयोग गर्नुपर्नेछ ।’

उपमहासचिव पुनले युवाहरुले देशको भविष्यको बारेमा, राष्ट्रियताको बारेमा, राष्ट्रिय स्वाधिनताको बारेमा र समग्र नेपाली समाजको प्रगति र अग्रगतिको सन्दर्भमा चिन्ता व्यक्त गरिरहेको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);