विद्यालयबाट फर्किदै गर्दा बालक बेपत्ता | ईमाउण्टेन समाचार

Our Network

फागुन १४ २०८१, बुधवार

विद्यालयबाट फर्किदै गर्दा बालक बेपत्ता

काठमाडौं,२० फागुन । चितवनमा विद्यालय गएका एक बालक बेपत्ता भएका छन् । विद्यालयबाट घर फर्किने क्रममा ओमशान्ति एकेडेमीमा कक्षा ५ मा अध्ययनरत १३ वर्षीय निकेश बराल दिउँसोबाट बेपत्ता भएको पारिवारिक स्रोतले जनाएको छ ।

विद्यालयबाट घर फर्किने क्रममा पोखरा घर भई चितवनको गीतानगरमा ठुलो बुवाको घरमा बसेर निकेशले अध्ययन गर्दै आएका थिए ।

म्याजिक चढेर विद्यालय गएका निकेश दिउँसो साढे १ बजेतिरबाट बेपत्ता भएका हुन् । उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । अन्य दिन भने उनी विद्यालयकै भ्यानमा आउने जाने गर्दथे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);