काठमाडौं महानगरपालिकाले फुटपाथ व्यापारीमाथि ज्यादती गर्योः सांसद पाण्डे | ईमाउण्टेन समाचार

Our Network

असार १७ २०८१, आइतबार

काठमाडौं महानगरपालिकाले फुटपाथ व्यापारीमाथि ज्यादती गर्योः सांसद पाण्डे

काठमाडौं,१८ फागुन । नेकपा (एकीकृत समाजवादी)का सांसद राजेन्द्रप्रसाद पाण्डेले काठमाडौँ महानगरपालिकाले फुटपाथ व्यापारीमाथि ज्यादती गरेको भन्दै संघीय सरकारले हस्तक्षेप गर्नुपर्ने बताउनुभएको छ ।

शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पाण्डेले काठमाडौं महानगरपालिकाको प्रहरीले फुटपाथ व्यापारीमाथि गरेको ज्यादती अत्यन्त निन्दनीय भएको बताउनु भयो । उहाँले यस्तो काम गर्दा आवश्यकता परे संघीय सरकारले तत्काल हस्तक्षेप गर्नुपर्ने बताउनु भयो । उहाँले मिटरब्याज पीडित, लघुवित्त पीडित र सहकारी पीडितहरुको समस्या समाधान गर्न सरकारलाई आग्रह गर्नुभयो । त्यस्तै दुग्ध किसानहरुको रकम भुक्तानी गर्न पनि माग गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘काठमाडौं महानगरपालिकाको प्रहरीले फुटपाथ व्यापारीमाथि गरेको ज्यादती अत्यन्त निन्दनीय छ । यस्ता कार्य गर्ने कुराको तत्काल संघीय सरकारले पनि आवश्यकता प¥यो भने हस्तक्षेप गरोस् ।’

उहाँले बुढीगण्डकी जलविद्युत आयोजना अगाडी बढाउने सरकारलाई दबाब दिनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);