प्रहरीले काठमाण्डौको सिंहदरबार, बालुवाटार र बानेश्वरको सडकपेटीमा लगाएको डोरी हटायो | ईमाउण्टेन समाचार

Our Network

असोज ९ २०८१, बुधवार

प्रहरीले काठमाण्डौको सिंहदरबार, बालुवाटार र बानेश्वरको सडकपेटीमा लगाएको डोरी हटायो

प्रहरीले काठमाण्डौको सिंहदरबार, बालुवाटार र बानेश्वरको सडकपेटीमा लगाएको डोरी हटाएको छ । नागरिकलाई सडकपेटीमा हिँड्न समेत नदिएको भन्दै चौतर्फी आलोचना भएपछि प्रहरीले ती ठाउँबाट डोरी हटाएको हो ।

नागरिकलाई दुःख भएको गुनासो आएपछि सडकपेटीमा राखिएको डोरी हटाइएको काठमाण्डौ उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।

सोमवार लघुवित्त र मिटर ब्याज पीडितहरु संसद् भवनमा प्रवेश गरेपछि प्रहरीले बानेश्वर, सिंहदरबार, बालुवाटार लगायतका क्षेत्रको सडकपेटीमा डोरी टाँगेर नागरिकलाई हिँडडुलमा रोक लगाएको हो ।

ती ठाउँमा निषेधित क्षेत्र र प्रवेश निषेध लेखिएका फ्लेक्स, ब्यानर र पोस्टर टाँसिएका थिए ।यसअघि प्रशासनले माइतीघरदेखि बानेश्वरसम्म, पद्मोदय मोडदेखि सिंहदरबार पश्चिम गेटसम्म, सर्वोच्च अदालत हुँदै माइतीघरको चारैतर्फ र बबरमहलसम्म, बिजुलीबजार पुल हुँदै नयाँ बानेश्वर चोकसम्मलाई निषेधित क्षेत्र तोकेको छ ।

त्यस्तै राष्ट्रपति कार्यालय शीतल निवास क्षेत्र र प्रधानमन्त्री निवास बालुवाटार तथा आसपासका क्षेत्रमा पनि निषेधाज्ञा छ ।

ललितपुरमा मन्त्री निवाससहित वरपरका क्षेत्रमा ६ महिनाका लागि निषेधाज्ञा तोकिएको छ

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);