पुष्कर भट्ट ||
कञ्चनपुर, फागुन १५ ||
कञ्चनपुरको भीमदत्त नगरपालिका–४ का ३५ वर्षीय चन्द्रबहादुर बिष्ट मृत फेला परेपछि प्रहरीले अनुसन्धान गरिरहेको छ । बिष्टको शव भीमदत्त नगरपालिका–४ स्थित महाकाली सिँचाइको मूल नहरमा आज भेटिएपछि प्रहरीले अनुसन्धान गरिरहेको हो । यसैबीच, प्रहरीले सोधपुछका लागि भन्दै थप एकजनालाई नियन्त्रणमा लिएको छ । तर, उनको नाम गोप्य राखिएको छ । घटनास्थलमा रहेको प्रहरीले थप एकजना नियन्त्रणमा लिएर सोधपुछ भैरहेको र जाहेरी दर्ता गर्ने तयारी भैरहेको कञ्चनपुरका एसपी चक्रराज जोशीले बताउनु भयो । एसपी जोशीका अनुसार, यसअघि प्रहरीले भीमदत्त नगरपालिका–५ का दीपक जोशी र भरत चन्दलाई सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको थियो । पीडितका आफन्तले बिष्टको हत्याको आशंका गरेका छन् । उनको महाकाली अस्पतालमा पोस्टमार्टम भैरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।
कञ्चनपुरको एक नहरमा मृत फेला परेका विष्टको अनुसन्धान गर्दै प्रहरी
ताजा समाचार
टुँडिखेलमा तमु ल्होसार
१० घन्टा अघि