आचार्यका कालजयी कृतिहरू नेपाली आकाशमा सधैँ चम्किरहनेछन्ः रायमाझी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८२, मंगलबार

आचार्यका कालजयी कृतिहरू नेपाली आकाशमा सधैँ चम्किरहनेछन्ः रायमाझी

काठमाडौं,१५ फागुन । राजनीतिक विश्लेषक प्रकाश रायमाझीले भक्तराज आचार्यको निधनले सिंगो सांगितिक क्षेत्रमा अपुरर्णिय क्षति पुगेको बताएका छन् । भजनशिरोमणी आचार्यको निधनपछि आज एक विज्ञप्ती जारी गर्दै रायमाझीले उनका कालजयी कृतिहरू नेपाली आकाशमा सधैँ चम्किरहने बताएका हुन् ।

उनले सोमबार निधन भएका आचार्यलाई श्रद्धान्जली दिदैं उनको मृत्युको खबरले स्तब्ध भएको उल्लेख गरेका छन् । उनले लेखेका छन्,‘उहाँको कालजयी कृतिहरू नेपाली आकाशमा सधैँ चम्किरहनेछन् ।’

सांगितिक क्षेत्रका सुविख्यात नक्षत्र आचार्यसँग रेडियो नेपालमा धेरै पल्ट भेट भएको स्मरण गर्दै उनले उनी सँग सृजनाका सम्बन्धमा कुराकानी हुने गरेको समेत बताएका छन् ।

ती सम्वाद सधै आफ्नोे स्मृतिमा ताजै रहने पनि उनको भनाइ छ । भजन शिरोमणिको उपाधिबाट विभूषित आचार्य जनस्तरमा लोकप्रिय र नेपाली संस्कृति,कला र संगीत एवं गायनको क्षेत्रमा ठुलो योगदान दिएका व्यक्तित्व हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);