‘राजनीतिक दलसम्बन्धि दोस्रो संशोधन विधेयक, २०८०’ संसदमा पेश | ईमाउण्टेन समाचार

Our Network

भदौ १८ २०८३, शुक्रबार

‘राजनीतिक दलसम्बन्धि दोस्रो संशोधन विधेयक, २०८०’ संसदमा पेश

काठमाडौं,१३ फागुन । ‘राजनीतिक दलसम्बन्धि दोस्रो संशोधन विधेयक, २०८०’ प्रतिनिधि सभामा पेश गरिएको छ । आईतवार बसेको प्रतिनिधिसभा बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सो विधेयक पेश गर्नुभएको हो ।

त्यस अवसरमा बोल्दै उहाँले राजनीतिक दलसम्बन्धि ऐन २०७३ को केही व्यवस्थाहरुमा अध्यादेशले संशोधन गरेको र सो पश्चात उक्त अध्यादेश खारेज भएको अवस्थामा ऐनको साविककै व्यवस्था कायम राख्न आवश्यक देखिएकाले राजनीतिक दलसम्बन्धि ऐन, २०७३ लाई संशोधन गर्न बनेको सो विधेयक प्रतिनिधिसभा पेश गर्नुपरेको स्पष्ट पार्नुभयो ।

उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, ‘राजनीतिक दलसम्बन्धि ऐन, २०७३ को केही व्यवस्थाहरुमा अध्यादेशले संशोधन गरेको र सो पश्चात उक्त अध्यादेश खारेज भएको अवस्थामा ऐनको साविककै व्यवस्था कायम राख्न आवश्यक देखिएकाले राजनीतिक दलसम्बन्धि ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक यस सम्मानित प्रतिनिधि सभामा पेश गर्दछु ।’ उपप्रधानमन्त्री श्रेष्ठले पेश गर्नुभएको सो विधेयक प्रतिनिधिसभामा छलफल हुनेछ ।

Leave a Reply