राष्ट्रियसभामा एक जना पनि उम्मेदवार नबनाएको भन्दै मुस्लिम संगठनको आपत्ति | ईमाउण्टेन समाचार

Our Network

मंसिर ७ २०८१, शुक्रबार

राष्ट्रियसभामा एक जना पनि उम्मेदवार नबनाएको भन्दै मुस्लिम संगठनको आपत्ति

काठमाडौं, १२ माघ । मुस्लिम संघ, संगठनहरुले राष्ट्रियसभा निर्वाचनमा आफ्नो समुदायबाट एउटा पनि उम्मेदवार नबनाइएकोमा आपत्ति जनाएका छन् ।

मुस्लिम मुक्ति मोर्चा, नेपाल, मुस्लिम संघ, नेपाल र नेपाल मुस्लिम इत्तेहाद संगठनले शुक्रबार काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गरी राष्ट्रिय सभा निर्वाचनमा आफ्नो समुदायबाट एक जना पनि उम्मेदवार नबनाएको भन्दै आपत्ति जनाएका हुन ।

पत्रकार सम्मेलनमा बोल्दै मुस्लिम मुक्ति मोर्चा, नेपालका अध्यक्ष अतहर हुसेन फारुकीले राष्ट्रिय सभामा मुस्लिम समुदायलाई जानबाट बञ्चित गराएर राजनीतिक दलहरुले ठूलो अन्याय गरेको आरोप लगाए । उनले विशेषाधिकार भित्र मुस्लिम समुदायलाई नपार्ने षडयन्त्र सरकार र राजनीतिक दलहरुबाटै भएको उल्लेख गर्दै आक्रोश व्यक्त गरे ।

राष्ट्रिय सभा निर्वाचनमा ५६ जनाको उम्मेदवारी परेकोमा १ जना पनि मुस्लिम समुदायलाई समावेश नगरिएकोमा मुस्लिम संघ, संगठनको आपत्ति जनाएका हुन् । उनीहरुले महिला र दलितलाई जस्तै मुस्लिम समुदायलाई पनि विशेषाधिकार दिनुपर्ने सरकारसँग माग गरेका छन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);