मुकुन्दसेन बोर्डिङका सवारी चालक आचार्यमाथि अभिभावकले गरे हातपात | ईमाउण्टेन समाचार

Our Network

असार ४ २०८१, सोमबार

मुकुन्दसेन बोर्डिङका सवारी चालक आचार्यमाथि अभिभावकले गरे हातपात

नवलपुर,९ फागुन । नवलपुरको गैडाकोट नगरपालिका–स्थित मुकुन्दसेन ईङ्लिस बोर्डिङ स्कूलमा सवारी चालकका रुपमा कार्यरत कमल आचार्यमाथि हातपात भएको छ । उनीमाथि गत फागुन ६ गते विद्यार्थीहरु घर पुर्याउन गइरहेको अवस्था गाडी रोकेर स्थानीय विष्णु गौतमले हातपात गरेका हुन् । गौतमले त्यसपछि विद्यालयमै प्रवेश गरेर पनि उनीमाथि हातपात गरेका थिए ।

गौतमले मादक पदार्थ सेवन गरेको अवस्थामा गाडी रोक्न लगाएर आफूमाथि हातपात गरेको, अपशब्द बोलेको र ज्यान मार्नेसम्मको धम्की दिएको भन्दै पीडित आचार्यले प्रहरीमा उजुरी दिएका थिए । उनको उजुरीका आधारमा गौतमलाई अहिले कावासोती प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

सवारी चालक आचार्यमाथि बाटोमा र विद्यालयको प्रशासनिक पक्षमा हातपात भएको थियो । चालक आचार्यले पर्खिएर खाजा नल्याइदिएको भन्दै उनीमाथि हातपात भएको पाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);