काँग्रेस महासमिति बैठकः चार समूहमा छलफल शुरु | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८१, शनिबार

काँग्रेस महासमिति बैठकः चार समूहमा छलफल शुरु

काठमाडौं,८ फागुन । सत्तारुढ दल नेपाली काँग्रेसको महासमिति बैठकमा चार वटा समूह बनाएर छलफल शुरु भएको छ । बैठकको तेस्रो दिन आज चार समूहमा विभाजन गरी पाँच वटा प्रपतवेदनमाथि छलफल शुरु भएको हो ।

काँग्रेसका महासमिति प्रतिनिधिले प्रतिवेदनमाथि बोल्न ५ मिनेटको समय पाउने भएका छन् । सोमवारबाट ललितपुरको गोदावरीमा शुरु भएको महासमिति बैठकमा मंगलवार पेस भएका प्रतिवेदनमाथि छलफल भइरहेको हो । छलफलका लागि २ हजार २ सय बढी प्रतिनिधिलाई चार समूहमा विभाजन गरिएको हो ।

बुधवार उपसभापति पूर्णबहादुर खड्काले नीतिगत प्रतिवेदन, महामन्त्री द्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले क्रमशः सांगठनिक र समसामयिक, राजनीतिक प्रतिवेदन र काँग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले देशको वर्तमान आर्थिक, अवस्था, सम्भावना र भावी योजना र लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन प्रश्तुत गर्नुभएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);