ललिता निवास क्षेत्र खाली गर्न महानगरले दियो ७ दिनको समय | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८३, शुक्रबार

ललिता निवास क्षेत्र खाली गर्न महानगरले दियो ७ दिनको समय

काठमाडौं,९ फागुन । काठमाडौं महानगरपालिकाले वडा नम्बर ४ मा रहेको ललिता निवास क्षेत्रबाट आफैं हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरूलाई अनुरोध गरेको छ । आज एक सार्वजनिक सूचनामार्फत् महानगरले ७ दिनको समय दिएर सार्वजनिक सम्पत्तिको संरक्षण गर्न सहयोगका लागि अनुरोध गरेको हो ।

महानगरपालिकाले फागुन तीनमा विशेष अदालतले गरेको फैसला कार्यान्वयनका लागि ताकेता गरेको हो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद १३ स्थानीय तहको सम्पत्तिको संरक्षण सम्बन्धी व्यवस्था अन्तर्गत दफा ९७ (१) ले काठमाडौँ महानगरपालिका क्षेत्रभित्र रहेका सरकारी, सामुदायिक तथा सार्वजनिक सम्पत्तिको रेखदेख, मर्मत सम्भार तथा अन्य प्रबन्ध गर्नुपर्ने कानुनी दायित्व महानगरपालिकालाई तोकेकोले ललिता निवास खाली गराउन महानगरले सक्रियता बढाएको हो ।

तोकेको समयभित्र त्यो क्षेत्रबाट नहटेमा प्रचलित कानुन बमोजिम हटाई सरकारी जग्गा तथा सम्पत्तिको संरक्षण, रेखदेख तथा उचित प्रबन्ध गरिने महानगरले स्पष्ट गरेको छ ।

Leave a Reply