अन्तर्राष्ट्रिय मानव अधिकार संगठन नेपालको कार्यक्रमबारे छलफल | ईमाउण्टेन समाचार

Our Network

जेठ १८ २०८१, शुक्रबार

अन्तर्राष्ट्रिय मानव अधिकार संगठन नेपालको कार्यक्रमबारे छलफल

काठमाडौं,९ फागुन । अन्तर्राष्ट्रिय मानव अधिकार संगठन नेपालले यही साता सम्मान तथा बधाई कार्यक्रमको आयोजना गर्दैछ । संस्थाले ललितपुरको जावलाखेलस्थित थासाङ घरमा आगामी फागुन ११ गते शुक्रबार अपरान्ह ४ बजे आयोजना गरेको कार्यक्रमबारे मंगलबार राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरसँग संगठनका संगठनका अध्यक्ष भिकेएस ठकुरी र महासचिव सुरज अर्याललगायतले छलफल गरेका हुन् ।

अन्तर्राष्ट्रिय मानव अधिकार संगठन नेपालले एक समारोहका बीच विभिन्न क्षेत्रमा योगदान दिएका दुई व्यक्तित्वहरुलाई सम्मान गर्ने भएको छ । अध्यक्ष मगरको प्रमुख अतिथ्यमा सम्पन्न हुने कार्यक्रममा पाटन अस्पतालका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा.अरुण शाही र एस ओ एस बालग्राम नेपालका पूर्व राष्ट्रिय निर्देशक श्री शंकर प्रधानाङ्गलाई सम्मानित गरिनेछ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);