काठमाडौं,९ फागुन । आइसिसि विश्वकप लिग २ अन्तर्गतको आफ्नो तेस्रो खेलमा आज नेपालले नामिबियासँग प्रतिष्पर्धा गर्दैछ । पहिलो खेलमा पराजय व्यहोरेको नेपाल आज नामिबियालाई हराउने रणनीतिका साथ मैदान उत्रिनेछ ।
दोस्रो खेलमा भने नेपालले नेदरल्याण्डलाई पराजित गरेको थियो । नामिबियाले आफ्नो दोस्रो खेलमा नेदरल्याण्डसँग पराजय व्यहोरेको थियो । आज सवा ९ बजे कीर्तिपुरस्थित त्रिभूवन विश्वविद्यालयको खेल मैदानमा हुने खेलमा नेपाल नामिबियासँग पराजयको बदला लिने अठोटका साथ मैदान उत्रिनेछ ।
त्रिकोणात्मक श्रृंखला तीन देशले समान १/१ जित हासिल गरेका छन् । आजको खेल जित्दै नेपाल अंक तालिकाको शिर्ष स्थानमै कायम रहन चाहन्छ ।