कांग्रेस महासमिति बैठकमा प्रस्तुत ५ वटा प्रतिवेदनमाथि आज छलफल | ईमाउण्टेन समाचार

Our Network

असार १२ २०८१, मंगलबार

कांग्रेस महासमिति बैठकमा प्रस्तुत ५ वटा प्रतिवेदनमाथि आज छलफल

काठमाडौं,९ फागुन । नेपाली कांग्रेसको महासमिति बैठकको बन्द सत्रमा नीति प्रतिवेदन, साङ्गठनिक प्रतिवेदन, समसामयिक राजनीतिक प्रतिवेदन र ‘नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा’ विषयक प्रतिवेदन पेस भएको छ ।

मंगलबार सुरुभएको बन्द सत्रमा उपसभापति पूर्णबहादुर खड्काले नीति , महामन्त्री गगन थापाले साङ्गठनिक, महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक र प्रवक्ता प्रकाशशरण महतले ‘नेपालको वर्तमान आर्थिक अवस्था,सम्भावना र भावी दिशा’ विषयक प्रतिवेदन पेस गर्नुभएको हो । खड्काको प्रतिवेदनमा संविधान संशोधनका लागि कांग्रेस खुला रहेको र कांग्रेसकै नेतृत्वमा संशोधन गराउने उल्लेख छ । प्रतिवेदनमा अहिले नेपालको अर्थतन्त्रमा रहेका १२ वटा चुनौती पाखा लगाउन कांग्रेसले नै पहल गर्ने उल्लेख छ ।

नीति प्रतिवेदनमा राजा ल्याउने नाममा गरिएको सडक प्रदर्शनलाई अर्थहीन कुचेष्टाको संज्ञा दिइएको छ । यस्तै महामन्त्री गगन थापाको प्रतिवेदनमा अब कांग्रेसले एक्लै चुनाव लड्ने र रुखमा मात्रै मत हाल्ने सुनिश्चितता प्रस्ताव वाचन गर्दा महासमिति सदस्यहरूले ताली बजाएर स्वागत गरे । यसअघि सभापति देउवाले असहमति जनाउनुभएको महामन्त्री थापाको प्रस्ताव जस्ताको तस्तै महासमितिमा पेस भएको छ ।

यस्तै अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रतिवेदनमा पार्टीको तर्फबाट सरकारमा सहभागी केही मन्त्रीहरूको आलोचना गरिएको छ । त्यस्तै चीन र भारतसँग सरकारले कुटनीतिक संवाद गरी प्रयोगविहीन दुई वटा अन्तर्राष्ट्रिय विमानस्थल संचालन गर्नु पर्ने पनि प्रतिवेदनमा उल्लेख छ । यस्तै अर्थमन्त्री प्रकाशशरण महतको प्रतिवेदनमार्फत सहकारी क्षेत्रमा नियामक निकाय बन्न सकेमात्र समस्या समाधान हुने दाबी गरिएको छ । प्रतिवेदनमार्फत अर्थमन्त्री महतले देशको अर्थतन्त्र समस्यामुक्त भइनसकेको उल्लेख गर्दै आफूले धेरै सुधारेको दाबी गर्नुभएको छ ।

पाँच वटै प्रतिवेदन महासमितिको बैठकमा छलफल गरी पास हुनेछन् । ललितपुरको गोदावरीमा महासमिति बैठक फागुन १० गतेसम्म चल्नेछ । कांग्रेसको महासमिति बैठकमा देशैभरका दुई हजारभन्दा बढी प्रतिनिधि सहभागि छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);