कांग्रेस निकट ६ संस्थाले गरे महासमिति बैठक बहिष्कार | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

कांग्रेस निकट ६ संस्थाले गरे महासमिति बैठक बहिष्कार

काठमाडौं,८ फागुन । नेपाली कांग्रेसका ६ वटा शुभेच्छुक संस्थाहरुले महासमिति बैठक बहिष्कार गरेका छन् ।

सोमबारदेखि ललितपुरको गोदावरीमा जारी समितिको बैठक नेपाल शिक्षक संघ, नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन, प्रजातान्त्रिक चिकित्सक संघ,ट्रेड युनियन कांग्रेस, सेन्टर फर डेमेक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) र नेपाल प्रेस युनियनले बहिष्कार गरेका हुन् ।

संस्थाहरुले आफुहरुले पठाएका प्रतिनिधिहरुको नाम समावेश नगरिएको भन्दै बैठक बहिष्कार गरेका हुन् ।

कांग्रेसको विधानअनुसार केन्द्रीय अध्यक्षसहित एउटा संस्थाबाट ३ जना महासमिति व्यवस्था भएपनि त्यसो नगरिएको भन्दै ती संस्थाहरुले आपत्ति जनाएको बुझिएको छ । आज बन्द सत्र सुरु हुँदैछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);