दिमाग खराबको रिभ्यु फिल्म भन्दा व्यक्तिप्रति लक्षित भयोः निश्चल बस्नेत | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

दिमाग खराबको रिभ्यु फिल्म भन्दा व्यक्तिप्रति लक्षित भयोः निश्चल बस्नेत

काठमाडौं,८ फागुन । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले फिल्मको माध्यमबाट नेपालमा पर्यटक बढाउनुपर्ने बताउनुभएको छ । आईतवारबाट मकवानपुरमा शुरु भएको प्रथम राष्ट्रिय भेला तथा चलचित्र पत्रकारिता कार्यशाला सोमवार मकवानपुरमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले नेपाली फिल्मबाट नै नेपालका मनमोहक दृश्यहरुलाई विश्वसामु देखाउन सक्नुपर्ने बताउनु भयो । उहाँले मुस्ताङ, मनाङ लगायतका स्थानमा नेपाली चलचित्र कैद गरेर प्रदर्शन गर्दा आन्तरिक र वाह्य पयर्टकहरु बढाएको बताउनु भयो । उहाँले नेपाली चलचित्रलाई विश्वमाझ पु¥याउने चुनौति अबका दिनमा नेपाली चलचित्रकर्मीहरुसँग रहेको बताउनु भयो । उहाँले विदेशी दर्शकलाई पनि टार्गेट गरेर आगामी दिनमा चलचित्र निर्माण गर्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा अभिनेत्री केकी अधिकारीले सिनेमा पर्यटनलाई विशेष जोड दिन आवश्यक रहेको बताउनु भयो । उहाँले सिनेमामा नेपाली सौन्दर्यताहरुर कैद गरेर ति दृश्यहरु प्रश्तुत गर्दा आन्तरिक र वाह्य पर्यटकहरु बढेको बताउनु भयो । उहाँले नेपालका प्राकृतिक सौन्दर्यतासँगै नेपाली चलचित्रका लागि आन्तरिक सम्भावना भएका ठाउँलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक रहेको बताउनु भयो । स्थानीय तहले नै यसबारेमा बढी ध्यान दिन आवश्यक रहेको बताउनु भयो ।

कार्यक्रममा अभिनेता तथा निर्देशक निश्चल बस्नेतले दिमाग खराबको रिभ्युमा रंगपत्रकारहरुले गरेको रिभ्युमा आक्रोश व्यक्त गर्नुभयो । फिल्म पत्रकारले फिल्मको बारेमा भन्दा बढी फलानो पार्टीलाई पोस्न फिल्म बनाइयो भन्ने किसिमको रिभ्यु लेखेको भन्दै आक्रोश जनाउनु भयो । फिल्मलाई फिल्मको नजरबाट हेर्न आवश्यक रहेको बताउनु भयो । उहाँले राम्रो फिल्म बनाउँदा राम्रो भन्न सक्नुपर्ने बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);