देउवा–गगनबीच गठबन्धन नगरी एक्लै चुनाव लड्ने संकल्पमा सहमति | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८२, आइतबार

देउवा–गगनबीच गठबन्धन नगरी एक्लै चुनाव लड्ने संकल्पमा सहमति

काठमाडौं,८ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अन्ततः महामन्त्री गगन थापाको सांगठनिक प्रस्तावमा सहमति जनाउनु भएको छ ।   सोमबार अपराह्नदेखि निवास बुढानिलकण्ठमा करिब ५ घन्टा पदाधिकारी र पूर्वपदाधिकारी सहभागी बैठकमा महामन्त्री थापाको प्रस्ताव केन्द्रित छलफलपछि सभापति देउवा सहमत हुनु भएको हो ।

महामन्त्री थापाले महासमितिमा पेस गर्ने प्रस्तावमा ’०७९ को चुनावमा गठबन्धन गर्नु हाम्रो बाध्यता थियो, तर नेपाली कांग्रेस दृढ संकल्प गर्छ कि हामी आगामी चुनावहरू हाम्रो आफ्नै तागतमा एक्लै लड्ने छौं, र हाम्रा समर्थक–शुभेच्छुकलाई रूख चिह्नमा मात्रै मत हाल्न पाउने सुनिश्चित गर्नेछौं’ भन्ने लेखिएपछि सभापति देउवा असन्तुष्ट देउवा आखिरमा सहमत भएको बताइएको छ ।

अहिलेका केही पदाधिकारी र केही पूर्वपदाधिकारीहरूले बुढानिलकण्ठ बैठकमा महामन्त्री थापाको प्रस्तावको समर्थन गरेपछि  देउवालाई समझदारीमा आउन दबाब परेको हो । कार्यकर्ता उत्साहित बनाउन नसक्ने, भोलिको चुनाव कांग्रेस एक्लै लड्छ भन्न नसक्ने ?’ भन्दै केही नेताहरूले प्रश्न गरेपछि देउवाले ’ल ठीक छ, प्रस्तावको कुरा मानेँ, छपाइ गर्न पठाए हुन्छ’ भन्नु भएको हो ।

महामन्त्री थापाको प्रस्तावमा सहमहामन्त्रीहरू महालक्ष्मी उपाध्याय डिना, भिस्मराज आङ्दम्बे, बद्री पान्डे, गोपालमान श्रेष्ठ लगायतले समर्थन गरेको बताइएको छ । बुढानिलकण्ठ बैठकमा बोलाइएको भएपनि शेखर कोइरालालाई उपस्थित हुनु भएन । पदाधिकारी बैठक चल्दचल्दै सभापति देउवा र उपसभापति पूर्णबहादुर खड्का बालुवाटार पुगेर प्रधानमन्त्री ’प्रचण्ड’ र नेकपा एसका अध्यक्ष माधव कुमार नेपाललाई भेटेर फर्किनु भएको थियो । सोमबार उद्घाटन गरिएको कांग्रेस महासमिति बैठक आज पनि जारी छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);