सत्य नारायण मानन्धर ||
बुटवल, फागुन ७ ||
बुटवल १२ तामनगरस्थित सिद्धी चिल्डे«न्स एकेडेमी ईङ्गिलस बोर्डिङ्ग स्कुलका विद्यार्थीले भारतको तेलंगना प्रदेश कैरीनगरमा आयोजित ईण्डो—नेपाल कराँते च्याम्पियनसिप २०२४ मा ४ वटा स्वर्ण पदक हासिल गरेका छन् । प्रतियोगितामा १ कास्य पदकसहित उनिहरुले कुल ५ पदक हासिल गरेका हुन् । विद्यालयको कक्षा ७ मा अध्ययनरत आर्यन पौडेल र कक्षा ५ मा अध्ययनरत शितल चन्दले भारतको तेलगंना प्रदेशमा भएको सो प्रतियोगितामा २—२ वटा स्वर्णपदक जित्न सफल भएको विद्यालयका संस्थापक प्राचार्य राजु गुरुङ्गले बताए । युद्धकलातर्फको बिधामा दुवैजनाले एकएक स्वर्ण र काँता प्रदर्शनतर्फ पनि पुनः दुबैजनाले एकएक स्वर्ण पदक हासिल गरेको प्राचार्य गुरुङ्गले बताए । २०४३ सालमा बुटवल ८ श्रवणपथमा स्थापना भएको सिद्धी चिल्डे«न्स एकेडेमीले आफ्नो स्थापनाकालदेखि नै गुणस्तरिय शिक्षा र राष्ट्रिय अन्तराष्ट्रियस्तरमा प्रतिष्पर्धा गर्न सक्ने बिद्यार्थी उत्पादनमा जोड दिदै आएको प्राचार्य गुरुङ्गको भनाई छ । पदक बिजेता बिद्यार्थीहरुलाई सम्मान गर्दै बुटवल उप–महानगरपालिका वडा नं १२ का वडाअध्यक्ष डिल्लीप्रसाद शर्माले सिद्धी चिल्डे«न्स एकेडेमी ईङ्गिलस बोर्डिङ्गले नेपालकै प्रतिनिधित्व गर्दै ४ स्वर्ण र १ कास्य पदक जित्न सफल हुनु विद्यालयको मात्रै नभएर नेपालकै गौरवको विषय भएको बताए । शर्माले गुणस्तरिय, ब्यबहारिक र सिपमुलक शिक्षाको आवश्यक्ता रहेको बताउदै नेपालमा शैक्षिक संस्थाहरुको बिकास तिब्र रुपले भएको उल्लेख गरे । अध्यक्ष शर्माले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा प्रतिष्पर्धा गर्न सक्ने खेलाडी उत्पादन गर्ने विद्यालयहरु र खेलाडीहरुलाई राज्यले प्रोत्साहन गर्नु पर्ने बताए । बधाई तथा सम्मान कार्यक्रममा प्रशिक्षक अनुपम ज्ञवालीले विद्यार्थीहरुको चाहाना र रुचिलाई अभिभावकहरुले पनि प्रोत्साहन गर्नु पर्ने बताउँदै आगामि दिनहरुमा पनि खेल क्षेत्रलाई अघि बढाउन आफुलाई प्रेरणा मिलेको बताए । बुटवल १२ मुक्तिनाथ धाममा पनि पदक बिजेता बिद्यार्थीहरुलाई सम्मान गरिएको थियो । साथै बिजेताहरुलाई सम्मान सहित नगरपरिक्रमा समेत गराइएको बिद्यालयका सञ्चालिका इन्द्रा बलाल गुरुङको भनाई छ ।
सिद्धी चिल्ड्रेन्स एकेडेमीलाई ४ स्वर्ण र १ कास्य पदक
ताजा समाचार
बालेन साह एमालेविरुद्ध परिचालित भए, शंकर पोखरेल
१ घन्टा अघि
डलरको भाउ अहिलेसम्मकै उच्च
२३ घन्टा अघि