रास्वपाले किन गर्यो कर्णालीका सबै कमिटी भंग ? | ईमाउण्टेन समाचार

Our Network

माघ ९ २०८१, बुधवार

रास्वपाले किन गर्यो कर्णालीका सबै कमिटी भंग ?

काठमाडौं,७ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले कर्णाली प्रदेशका सबै कमिटी विघटन गरेको छ । रास्वपाको सचिवालय बैठकले प्रदेशदेखि वडासम्मका सम्पूर्ण समिति र विभाग विघटन गर्ने निर्णय गरेको हो । बैठकले कर्णाली प्रदेशमा ३ महिने ‘कर्णाली विशेष अभियान’ सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

यो अभियानमा संसदमा कर्णालीका मुद्दाहरुलाई विशेष प्राथमिकतासाथ उठान गर्दै सरकारलाई घच्घच्याउने र पार्टी संगठनका गतिविधि एवं कार्यक्रमहरुलाई व्यापक रुपमा अगाडि बढाइने छ । रास्वपाले पार्टीको विभिन्न केन्द्रीय विभागमा सदस्यहरु मनोनयन गर्दै जिम्मेवारी हेरफेर समेत गरेको छ ।

केन्द्रीय मानवीय विकास प्रवर्धन विभागको उपप्रमुखमा पवन देवकोटा, केन्द्रीय विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभागको सदस्यमा ज्ञानेन्द्र महतारा, केन्द्रीय विधेयक मन्थन विभागको सदस्यमा भोजराज क्वालिटी, केन्द्रीय मानव अधिकार विभाग सदस्यमा गणेश पौडेल र केन्द्रीय संगठन विभाग सदस्यमा दिपक विश्वकर्मा मनोनीत हुनु भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);