के भीम उपाध्यायलगायतले भ्रष्टाचार गरेकै हुन त ! | ईमाउण्टेन समाचार

Our Network

मंसिर १९ २०८१, बुधवार

के भीम उपाध्यायलगायतले भ्रष्टाचार गरेकै हुन त !

काठमाडौं, ७ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोगजनामा ठेकेदारलाई बढी रकम भुक्तानी गरेर भ्रष्टाचार गरेको भन्दै १८ जनालाई विपक्षी बनाएर आरोप पत्र दर्ता गरेको छ । आईतवार आयोगले विशेष अदालतमा अनुसन्धान पूरा गरी मेलम्ची खानेपानी विकास समितिबाट तत्कालीन भएको अनियमितता सम्बन्धमा आज आरोपपत्र दर्ता गरेको हो । भ्रष्टाचार मुद्दा दायर गरेको बारेमा न्युज एजेन्सी नेपालसँग कुरा गर्दै विशेष अदालतका प्रवक्ता एवं सूचना अधिकारी धनबहादुर कार्कीले मेलम्ची खानेपानी विकास समितिबाट तत्कालीन भएको अनियमितता सम्बन्धमा आरोप पत्र दायर भएको बताउनु भयो । उहाँले जसमा तीन जना मेलम्ची खानेपानी विकास समितिका तत्कालीन अध्यक्ष र खानेपानी मन्त्रालयका तत्कालीन सचिव तीन जना रहेको बताउनु भयो । उहाँले डा. सञ्जय शर्मा, भीमप्रसाद उपाध्याय र गजेन्द्रकुमार ठाकुर तीन जना पूर्वसचिव सहित दुई जना विदेशी परामर्श दाता र एक जना निर्माण व्यवसायी विदेशीसहित जम्मा १८ जनालाई विपक्षी बनाएर विभिन्न फरक—फरक व्यक्तिलाई फरक—फरक बिगोको मागदाबी गरिएको बताउनु भयो । पूर्वसचिव डा. सञ्जय शर्मा र अर्थ मन्त्रालयका सहसचिव मुकुन्दप्रसाद पौडेलको हकमा छुट्टै बिगो मागदाबी रहेको र उनीहरुलाई ६ करोड ९७ लाख ८३ हजार १७८ रुपैयाँ ९६ पैसा रहेको बताउनु भयो । त्यस्तै मेलम्ची खानेपानीका तत्कालीन अध्यक्ष÷खानेपानी सचिव भीमप्रसाद उपाध्यायको हकमा ४ करोड ११ लाख ३४ हजार २७९ रुपैयाँ ८२ पैसा रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आज अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगाल काठमाडौंबाट अनुसन्धान पूरा भएर मेलम्ची खानेपानी विकास समितिबाट तत्कालीन भएको अनियमितता सम्बन्धमा आज आरोपपत्र दर्ता भएको अवस्था छ । जसमा तीन जना मेलम्ची खानेपानी विकास समितिका तत्कालीन अध्यक्ष र खानेपानी मन्त्रालयका तत्कालीन सचिव तीन जना हुनुहुन्छ । डा. सञ्जय शर्मा, भीमप्रसाद उपाध्याय र गजेन्द्रकुमार ठाकुर तीन जना पूर्वसचिव सहित दुई जना विदेशी परामर्श दाता र एक जना निर्माण व्यवसायी विदेशीसहित जम्मा १८ जनालाई विपक्षी बनाएर विभिन्न फरक फरक व्यक्तिलाई फरक फरक बिगोको मागदाबी लिएर आरोप पत्र दर्ता भएको हो । यसमा सबै विपक्षीहरुलाई, प्रतिवादीहरुलाई फरक फरक अभियोग माग दाबी छ । पूर्वसचिव डा. सञ्जय शर्मा र अर्थ मन्त्रालयका सहसचिव मुकुन्दप्रसाद पौडेलको हकमा छुट्टै बिगो मागदाबी छ । ६ करोड ९७ लाख ८३ हजार १७८ रुपैयाँ ९६ पैसा छ भने मेलम्ची खानेपानीका तत्कालीन अध्यक्ष÷खानेपानी सचिव भीमप्रसाद उपाध्यायको हकमा उहाँको दाबी ४ करोड ११ लाख ३४ हजार २७९ रुपैयाँ ८२ पैसा रहेको छ । खानेपानी बोर्डका तत्कालीन सदस्यहरु, निर्माण व्यवसायी र परामर्शदातासहितलाई विपक्षी बनाएर फरक फरक मागदाबी लिएर आरोप पत्र दर्ता भएको छ ।’

उहाँले खानेपानी बोर्डका तत्कालीन सदस्यहरु, निर्माण व्यवसायी र परामर्शदातासहितलाई विपक्षी बनाएर फरक—फरक मागदाबी लिएर आरोप पत्र दर्ता भएको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);