जटिल रोगका बिरामीलाई जीवन निर्वाह भत्ता | ईमाउण्टेन समाचार

Our Network

मंसिर १० २०८१, सोमबार

जटिल रोगका बिरामीलाई जीवन निर्वाह भत्ता

5000

काठमाडौँ,१२ माघ । सरकारले क्यान्सर र मिर्गौलाका रोगीका साथै ‘स्पाइनल इन्जुरी’ भएपछि प्यारालाइसिस भएका बिरामीका लागि जीविकोपार्जन भत्ता वितरण सुरु गरेको छ । यस्ता बिरामीले प्रतिमहिना पाँच हजार रुपियाँ पाउने छन् ।
राष्ट्रिय ट्रमा सेन्टरमा बिहीबार आयोजित जीविकोपार्जन भत्ता वितरण कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले वीर अस्पताल र ट्रमा सेन्टरमा उपचार गराइरहेका क्यान्सर, मिर्गौला र स्पाइनल इन्जुरी भई प्यारालाइसिस भएका बिरामीलाई पाँच हजार भत्ता वितरण गरेर कार्यक्रमको सुरुवात गर्नुभयो ।
सरकारले मङ्सिर १३ गते जटिल रोगबाट ग्रस्त बिरामीको उपचार र जीविकोपार्जनमा सहयोग पु¥याउन मासिक पाँच हजार भत्ता दिने निर्णय गरेको थियो । कार्यक्रममा प्रधानमन्त्री देउवाले क्यान्सर र मिर्गौला रोगी तथा स्पाइनल इन्जुरी भएका बिरामीलाई जीविकोपार्जन गराउने उद्देश्यले सरकारले मासिक पाँच हजार रुपियाँ दिन सुरु गरेको बताउनुभयो ।
रकम थोरै भए पनि जटिल बिरामीका लागि केही राहत मिल्ने भन्दै प्रधानमन्त्री देउवाले सामाजिक सेवामा सरकारले राम्रो सुरुवात गरेको दाबी गर्नुभयो । उहाँले सुर्ती तथा मदिराजन्य पदार्थबाट उठेको करबाट बिरामीलाई मासिक भत्ता उपलब्ध गराएको जानकारीसमेत दिनुभयो ।
कार्यक्रममा स्वास्थ्यमन्त्री दीपक बोहोराले राज्यले यसअघि पनि क्यान्सर, मिर्गौला, स्पाइनल इन्जुरी भएका व्यक्तिलाई एक लाख रुपियाँ एकमुष्ठ उपलब्ध गराउँदै आएको जानकारी दिँदै उक्त रकमलाई यथावत राख्दै थप पाँच हजार जीविकोपार्जन भत्ता उपलब्ध गराउन सुरु गरेको बताउनुभयो ।
स्वास्थ्य मन्त्रालयका निमित्त सचिव डा। विनोदमान श्रेष्ठले सरकारले जटिल रोगीलाई भत्ता दिएर पुण्य काम गरेको भन्दै उनीहरूको औषधि खर्च, पोषण, यातायात लगायतमा सहुलियत होस् भनेर सरकारले भत्ता उपलब्ध गराएको जानकारी दिनुभयो । उहाँले जटिल रोगका बिरामीको उपचार लामो समयसम्म गर्नुपर्ने भएकाले मासिक पाँच हजार रुपियाँ दिने व्यवस्थाले राहत मिल्ने बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारीको संयोजकमा रहेको समितिले सिफारिस गरेको आधारमा बिरामीले भत्ता पाउनेछन् । उक्त समितिमा जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला अस्पताल प्रमुख सदस्य रहने व्यवस्था मिलाइएको छ ।
मन्त्री बोहोराले चालु आर्थिक वर्षका लागि भत्ताबापत ७८ करोड खर्च हुने जानकारी दिँदै आगामी वर्षबाट त्यस्ता बिरामीको लागि भत्ताबापत वार्षिक दुई अर्ब रुपियाँ खर्च हुने जानकारी दिनुभयो । मन्त्री बोहोराले मासिक पाँच हजार भत्ता दिँदा गरिब विपन्नका लागि ठूलो राहत हुने बताउनुभयो ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्रा.डा. गणेश गुरुङले वीर अस्पताल र ट्रमा सेन्टरमा उपचाररत ३१ जना बिरामीबाट जीविकोपार्जन भत्ता वितरण कार्यक्रम सुरु गरिएको जानकारी दिनुभयो । उहाँले ट्रमा सेन्टरमा उपचार गराएका स्पाइनल इन्जुरीका ११ जना र क्यान्सर र मिर्गौला डायलासिस गराइरहेका २१ जनाले बिहीबारबाट मासिक भत्ता पाउन सुरु गरेको जानकारी दिनुभयो ।
मासिक भत्ता पाउने बिरामीमा तहगिना बानु, देवीमाया दर्जी, सीताकुमारी शर्मा, देवीबहादुर खत्री, राम सुनार, कृष्णबहादुर तामाङ, उद्धव रेग्मी, रामजी बस्नेत, यमनबहादुर थापा, लालीमाया मगर, गीता प्रधान, न्युच्छेकुमार श्रेष्ठ, अमृता भण्डारी, सानुमाया पोडे, रन्जना राजभण्डारी, नेत्रप्रसाद पाण्डे, रस्मिला श्रेष्ठ, धनमाया महर्जन हुनुहुन्छ ।
यसैगरी, निलम श्रेष्ठ, मयुर तामाङ, वविता प्रजापति, सुजन सिङ्ख्डा, कृष्णगोपाल फजु, यमविक्रम कार्की, करनसिंह यादव, प्रवीण शाह, सर्वजित राइ, कमल गुरुङ, मङ्गलबहादुर विक, डबन तामाङ, भीमबहादुर रावत र चेली तामाङलाई भत्ता वितरण गरिएको अस्पतालले जानकारी दिएको छ ।आजको गोरखापत्र दैनिकमा यस्तो खवर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);