वाफ च्याम्पियनसिप जित्नेछौं– नेपाली महिला फुटबलकी कप्तान एञ्जिला | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

वाफ च्याम्पियनसिप जित्नेछौं– नेपाली महिला फुटबलकी कप्तान एञ्जिला

काठमार्डौ फागुन ४ ।  नेपाली राष्ट्रिय महिला फुटबल टोलीका कप्तान एञ्जिला तुम्बाप्पो सुब्बाले वाफ महिला फुटबल च्याम्पियनसिप जित्ने लक्ष्य रहेको बताउनुभएको छ ।

साउदी अरबमा आगामी फेब्रुअरी २० देखि नेपालले वाफ च्याम्पियनसिप खेल्दैछ । समूह ‘बी’ मा रहेको नेपालले सोही दिन सिरियासँग खेल्दै प्रतियोगिताको शुरुवात गर्ने तालिका छ ।

अर्को टोली प्यालेस्टान र इराकसहित यो समूहमा चार राष्ट्र छन् । नेपाली टोलीकी कप्तान एञ्जिलाले एशियाली क्षेत्रमा नेपालको महिला फुटबल राम्रो रहेको र सोहीअनुरूप तयारी पनि सुखद् रहेकाले आफ्नो टोली च्याम्पियन बन्ने आशा व्यक्त गर्नुभयो ।

यद्यपि प्रतियोगितामा साउदी अरेबियाको टोली बलियो रहेको बताउनु भयो ।
गल्फ राष्ट्रले प्रतिष्पर्धा गर्ने यस वाफमा नेपालले आमन्त्रित टोलीका रूपमा सहभागिता जनाउन लागेको हो ।

फेब्रुअरी २२ मा नेपालको सामना इराकसँग हुनेछ । समूहको अन्तिम खेलमा नेपालले प्यालेस्टाइनबिरुद्ध फेब्रुअरी २४ मा खेल्नेछ । कप्तान एञ्जिलाले यो प्रतियोगिताका लागि भने तयारी पर्याप्त नभएको उल्लेख गर्दै ६ जना खेलाडी देश बाहिर खेलेकाले त्यसको फाइदा टोलीमा पुग्ने विश्वास व्यक्त गर्नुभयो । धेरै खेलाडी बाहिर रहेकाले प्रशिक्षकलाई शुरुवाती चरणमा टिम सेट गर्न गाह्रो भएको बताउनु भयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);