संविधान खतरामा परिसक्योः पूर्वसभामुख ढुंगाना | ईमाउण्टेन समाचार

Our Network

फागुन १८ २०८१, आइतबार

संविधान खतरामा परिसक्योः पूर्वसभामुख ढुंगाना

काठमाडौं, ४ फागुन । पूर्वसभामुख दमननाथ ढुंगानाले संविधान खतरामा परिसकेको दाबी गर्नुभएको छ । बिहीवार सर्वोच्च अदालत बार एशोसिएशनको स्वर्ण महोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले संविधानमा देशको विगतकै नियति दोहोरिन लागेको बताउनु भयो । उहाँले संविधानका असंगतिमा छलफल गर्ने बेला भइसकेको पनि बताउनु भयो । उहाँले देशको सबैभन्दा ठूलो राजनीतिक संकट भनेको संवैधानिक अस्थिरता नै रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘संविधानका असंगतिमा छलफल गर्ने बेला भइसकेको छ । यो राष्ट्रव्यापी छलफल हुनुपर्छ । कुरा संवैधानकि परिषद्, न्यायपरिषद् र इजलासको मात्रै होइन । समग्र संविधानलाई हेर्दा म के देख्छु भने कन्फिक्ट जन्माउने संविधान भइरहेको छ । संविधान खतरामा परिसकेको छ । संविधानमा हाम्रो राष्ट्रको जुन नियति छ त्यो दोहोरिँदै छ । हाम्रो देशको सबैभन्दा ठूलो राजनीतिक संकट भनेको संवैधानिक अस्थिरता हो । संविधान जति गणतान्त्रिक हुनुपर्ने हो त्यति भएको छैन ।’ पूर्वसभामुख ढुंगानाले संविधान गणतान्त्रिक हुन नसकेको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);