पद्योदयलाई देशकै नमुना विद्यालय बनाउनुपर्छ : पूर्वसभामुख ढुंगाना | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

पद्योदयलाई देशकै नमुना विद्यालय बनाउनुपर्छ : पूर्वसभामुख ढुंगाना

काठमाडौं, २९ फागुन । पूर्वसभामुख दमननाथ ढुंगानाले पद्योदय विद्यालयलाई देशकै नमूना विद्यालय बनाउनुपर्ने बताउनुभएको छ ।

सोमवार पद्योदय विद्यालयको ७५ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पद्योदय विद्यालयलाई देशकै नमूना विद्यालयको रुपमा स्थापित गर्न प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष आग्रह गर्नुभयो । उहाँले प्रधानमन्त्री दाहालले विद्यालयको विकासका लागि अधिकतम सहयोग गर्ने अपेक्षा राखेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पद्योदयलाई देशभरकै नमूना स्कुल बनाउनुपर्छ । प्रधानमन्त्रीले यसका लागि के गर्न सक्नुहुन्छ । त्यो गर्नुहुन्छ भन्ने आशा छ । यसलाई देशभरकै नमूना स्कुल बनाउन सकिन्छ । उहाँको अधिकतम सहयोग हामीले प्राप्त गर्नेछौँ । देशको प्रधानमन्त्री स्कुलको वार्षिकोत्सवमा आउनु भनेको साह्रै ठूलो कुरा हो । प्रधानमन्त्री आउनु आफैँमा गर्वको कुरा हो ।’

पूर्वसभामुख ढुंगानाले शैक्षिक, भौगोलिक धरातल राम्रो बनाउन प्रधानमन्त्री दाहालले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);