ब्राउनसुगरसहित एक जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८२, मंगलबार

ब्राउनसुगरसहित एक जना पक्राउ

बाँके,३ फागुन । अवैध लागूऔषध ब्राउनसुगरसहित एक जना पक्राउ परेका छन् ।
नेपालगंज उपमहानगरपालिका–१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम ९ सय मिलिग्रामसहित सुर्खेत बिरेन्द्रनगर नगरपालिका–२ बस्ने २८ वर्षीय गणेश चौधरीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय जमुनाह बाँके र लागूऔषध नियन्त्रण व्यूरो नेपालगंजबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);