के हो भरतपुर घटनाको वास्तविकता, कसरी भयो मध्यरातमा यस्तो काम ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

के हो भरतपुर घटनाको वास्तविकता, कसरी भयो मध्यरातमा यस्तो काम ?

भरतपुर महानगरपालिकाको मत गणना भइरहेको समयमा मध्यरातमा मतपत्र च्यातिएपछि अनिश्चितकालका लागि मतगणना स्थगित गरिएको छ ।

के हो भरतपुर घटनाको वास्तविकता

काठमाडौं । भरतपुर महानगरपालिकाको मत गणना भइरहेको समयमा मध्यरातमा मतपत्र च्यातिएपछि अनिश्चितकालका लागि मतगणना स्थगित गरिएको छ । 
मतगणना भइरहेको समयमा राति पौने बाह्र बजे माओवादीका प्रतिनिधिले मतपत्र च्यातेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले सूचना टाँस गरी अर्को सूचना जारी नभएसम्मका लागि मतगणना स्थगित गरिएको जनाएको हो ।

सो क्रममा मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले आफू शौचालय गएर फर्कदै गर्दा मतपत्र च्यातिएको र त्यसपछि विवाद बढेको भन्दै अनिश्चितकालका लागि गणना स्थगित गरिएको जानकारी गराउनुभएको थियो ।

के कति मतपत्र च्यातिएको हो भन्ने बारेमा भने उहाँले यकिन हुन नसकेको बताउनुभयो । च्यातिएका मतपत्रलाई मुचुल्का गरेर राखिएको छ । नेकपा (एमाले)का मेयरका उम्मेदवार देवी ज्ञवालीले हार्ने निश्चित भएपछि माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेको बताउनुभयो ।

माओवादी केन्द्रले भने एमालेलाई दोष लगाएको छ । मतपत्र च्यातेको र प्रहरी माथि हातपात गरेको भन्दै प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार पक्राउ पर्नेमा माओवादीका प्रतिनिधि द्रोणबाबु सिवाकोटी र ईश्वर सापकोटा रहेका छन् । एमालेका गङ्गालाल लामालाई पनि नियन्त्रणमा लिइएको छ ।

मतगणना स्थलमा उनीहरुले गनिसकेको मतपत्र सङ्ख्या जोड्दै गर्दा च्यातेपछि मतगणना स्थलमा होहल्ला भएको थियो । प्रहरी उपरीक्षक थापाका अनुसार मतगणना स्थगित भएपछि मतपत्र गणना भइरहेको स्थल कवर्ड हलबाट दलका प्रतिनिधिलाई बाहिर निकालेर दुईवटा ढोकामा मुख्य निर्वाचन अधिकृतको कार्यालयले ताला लगाएको छ ।

सोही माथि एमालेले पनि ताला लगाएको उहाँले बताउनुभयो । अन्य दलले पनि ताला लाउन सक्ने थापाले बताउनुभयो । मतपत्र च्यातियो भनेपछि बाहिर रहेका दलका कार्यकर्ता नाराबाजी गर्दै मतगणना स्थलतर्फ गएपछि प्रहरीले लाँठीचार्ज गरेको थियो ।

सो क्रममा भरतपुर महानगरपालिका–१९ को मतगणना भइरहेको थियो । वडा नम्बर २० को मतगणना हुन बाँकी रहेको छ । हालसम्म माओवादी केन्द्रकी प्रमुख पदकी उम्मेदवार रेणु दाहालभन्दा नेकपा एमालेका प्रमुख पदका ज्ञवाली ७५५ मत अन्तरले अघि रहनुभएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);