१ फागुन, काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले चैत महिनाभित्रै पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने बताउनुभएको छ ।
मंगलवार पोखरामा भएको एक कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले यस्तो बताउनुभएको हो ।
उहाँले पोखरालाई मुलुककै पर्यटकिय राजधानी घोषणा गर्ने समय तालिका दिएको भन्दै आगामी चैत महिनाभित्र घोषणा गर्ने तयारीमा गण्डकी प्रदेश सरकार लागेको बताउनु भयो ।
उहाँले सर्वोच्च अदालतले फेवातालको सीमांकन, नक्शांकन र सौन्दर्यकरण गर्न संघ, प्रदेश र स्थानीय तहलाई निर्देशनात्मक रुपमा दिएको आदेश कार्यान्यन गर्ने बताउनु भयो ।
उहाँले सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयन गर्न मुख्यमन्त्रीको अध्यक्षतामा सहजिकरण गर्ने समिति बनाएको पनि बताउनु भयो ।
उहाँले अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापनको काम संघ सरकार अन्तर्गत रहेको भन्दै प्रदेश सरकारले के गर्नसक्छ ? भन्ने विषयमा छलफल भइरहेको बताउनु भयो