अध्यक्ष प्रचण्डले गरे विधान अधिवेशनमा मस्यौदा विधान पेश | ईमाउण्टेन समाचार

Our Network

असार ४ २०८१, सोमबार

अध्यक्ष प्रचण्डले गरे विधान अधिवेशनमा मस्यौदा विधान पेश

काठमार्डौ । फागुुन १

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले विधान अधिवेशनमा मस्यौदा विधान पेश गरेका छन् ।

मंगलबार प्रज्ञा भवनमा जारी बैठकमा मस्यौदामाथि छलफल गर्नकोृ लागि २० समूह गठन गरिएको छ ।

अधिवेशनमा करिब १२ सय प्रतिनिधि सहभागी छन् भने पार्टी कमिटी सानो बनाएर व्यवस्थित ढंगले पार्टी चलाउने लक्ष्यका साथ माओवादीले विधान अधिवेशन गरेको हो ।

बैठकमा पार्टीका नेतृत्व चयन प्रक्रियाको विषयमा बहस भइरहेको छ जसमा अध्यक्ष प्रचण्डले प्रत्यक्ष निर्वाचनमार्फत पार्टीको सबै कमिटी निर्माण गर्ने प्रस्ताव पेश गर्नु भएको छ ।

सहभागीमध्येबाट एक समूहमा ५० देखि ५५ जना रहनेछन् । बुधबार १ बजेसम्म छलफल गरी आफ्नो समूहको निष्कर्ष अधिवेशनमा प्रस्तुत गर्नुपर्नेछ ।
तीन दिनसम्म चल्ने अधिवेशनमा २० वटै समूहबाट प्राप्त सुझावका आधारमा विधानलाई अन्तिम रुप दिइने माओवादीको तयारी छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);